close

मान्छेजस्तै रोबोट अन्तरिक्षमा पठाउँदै भारत

टेकपाना टेकपाना

माघ ११, २०७६ ८:५९

मान्छेजस्तै रोबोट अन्तरिक्षमा पठाउँदै भारत

सन् २०२२ सम्ममा भारत अन्तरिक्षमा मानवसहितको यान पठाउने योजनामा छ । त्यसैको प्रारम्भिक तयारी स्वरुप इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन(आईएसआरओ)ले गगनयान यहि वर्ष अन्तरिक्षमा पठाउँदैछ ।

उक्त यानमा मान्छे जस्तै रोबोट पठाउने करिब अन्तिमतिर आईएसआरओ पुगेको छ । आईएसआरओले त्यस्तो रोबोटको नाम दिएको छ भ्योमित्र । डिसेम्बरमा अन्तरिक्षमा पहिलो यात्राको तयारीमा रहेको भ्योमित्रमा विशेष सीप हुनेछन ।

स्विच प्यानल नियन्त्रण गर्न सक्नेदेखी कुराकानीसमेत गर्न सक्ने खुबी यसमा हुनेछ । यो बहुभाषि हुनेछ अनि आईएसआरओलाई आवश्यक सुचना उपलब्ध गराउन सक्नेछ । त्यतिमात्र हैन प्राप्त सुचना अनुसार काम गर्न सक्ने यो रोबोटमा एउटा पुर्ण क्रुले जस्तै काम र नियन्त्रण गर्न सक्ने विशेषतासमेत छ ।

मान्छेजस्तै रोबोट अन्तरिक्षमा पठाउन लागिएको यो पहिलोपटक भने हैन । यसअघि रसिया र अमेरिकाले यस किसिमको परिक्षण गरिसकेका छन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१