close

रिचार्ज गरेजति रकम बोनस पाइने, प्राधिकरणले दियो निर्देशन

टेकपाना टेकपाना

चैत ११, २०७६ १८:२४

रिचार्ज गरेजति रकम बोनस पाइने, प्राधिकरणले दियो निर्देशन

रिचार्ज गरे बराबरको रकम बोनस दिन नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएको छ । नेपाल टेलिकम र एनसेलसहितका टेलिकम सेवा प्रदायकहरुलाई यस्तो निर्देशन दिइएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

उनका अनुसार प्रयोगकर्ताले १० रुपैयाँको रिचार्ज गरे १० रुपैयाँ बराबरकै बोनस दिने र १ हजार रुपैयाँ रिचार्ज गरे पनि सोही बराबरको बोनस दिन सेवा प्रदायकलाई निर्देशन दिइएको हो ।

कोरोना संक्रमण रोक्न उपभोक्ताहरु घरघर बस्न थालेपछि राहत दिनको लागि यस्तो निर्णय गरिएको उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६