close

लाइभ ट्रयाकिङ सहितको क्वारेन्टाइन प्रणाली तयार, सबै स्थानीय तहलाई निःशूल्क

टेकपाना टेकपाना

बैशाख ३, २०७७ १३:५८

लाइभ ट्रयाकिङ सहितको क्वारेन्टाइन प्रणाली तयार, सबै स्थानीय तहलाई निःशूल्क

काठमाडौं । स्मार्ट पालिका नामक स्टार्टअप कम्पनीले स्थानिय तहलाई लक्षित गर्दै कोरोना लाइभ ट्र्याकिङ तथा क्वारेन्टाइन व्यवस्थापन प्रणाली तयार पारेको छ । उक्त प्रणाली कम्पनीले सबै स्थानिय तहलाई निःशूल्क उपलब्ध गराउने जनाएको छ ।

लाइभ ट्र्याकिङ तथा क्वारेन्टाइन व्यवस्थापन प्रणाली अन्तर्गत हाल क्वारेन्टाइन, लाइभ ट्र्याकिङ, आइसोलेसन, दैनिक रिपोर्ट, स्वः परीक्षण लगायतका सुविधा रहेको उल्लेख छ । उक्त सिस्टम मोबाइल एप तथा वेब भर्सनमा उपलब्ध रहेको छ ।

साथै कम्पनीले विकास साझेदारहरुसँगको सहकार्यमा कन्ट्र्याक्ट ट्रेसिङ लगायतका अन्य प्रणाली समेत निरन्तर विकास गर्दै जाने जनाएको छ । यस प्रणलीमार्फत स्वास्थ्यर्मी, स्थानीय प्रतिनिधी तथा जिल्ला प्रशासन कार्यालयले आवश्यकताअनुसार आफू मातहतको रिपोर्ट समेत निकाल्न सक्छन् ।

साथै प्रयोगकर्ताले स्वःपरीक्षण गराउने, आफ्नो दैनिक रिपोर्ट बुझाउने तथा आधिकारिक रिपोर्ट हेर्न सक्ने सुविधा समेत यो प्रणालीमा रहेको बताइएको छ । यो प्रणाली हाल केही स्थानीय तहले प्रयोगमा ल्याइसकेको र आगामी दिनमा यसलाई अन्य स्थानीय तहमा समेत उपलब्ध गराउँदै जाने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४