close

११ सय ६६ रुपैयाँमा प्रभुको ३० एमबीपीएस इन्टरनेट, साथमा निःशुल्क टीभी सेवा

टेकपाना टेकपाना

भदौ २१, २०७७ १७:७

११ सय ६६ रुपैयाँमा प्रभुको ३० एमबीपीएस इन्टरनेट, साथमा निःशुल्क टीभी सेवा

काठमाडौं । इन्टरनेट तथा टीभी सेवा प्रदायक प्रभु डिजिटलले ग्राहकका लागि मासिक ११ सय ६६ रुपैयाँमा ३० एमबीपीएसकाे इन्टरनेट र प्रभु टिभी सेवा ल्याएको छ ।

प्रभु डिजिटलले नयाँ इन्टरनेट प्लस नि:शुल्क प्रभु आईपी टीभी प्याकेज ल्याएको छ, जसलाई स्टुडेन्ट नेटप्याक नाम दिइएकाे छ। यसअन्तर्गत सेवाग्राहीहरुले १२ महिनाकाे १२ हजार ३९० (भ्याटसहित १४ हजार) अर्थात् एक महिनाकाे ११ सय ६६ रूपैयाँमा ३० एमबीपीएस इन्टरनेट तथा निशुल्क प्रभु आईपी टीभी सेवा पाउन सक्ने छन् । 

यसका साथै ग्राहकले डिभाइसका लागि एक हजार रुपैयाँ रिफन्डेबल शुल्क पनि तिर्नुपर्नेछ, जुन प्रयोगपश्चात ग्राहकले नै फिर्ता पाउँछन् ।

यो सेवा हाल ललितपुरका सेवाग्राहीहरुले मात्र लिन सक्ने प्रभु डिजिटलका सेल्स सुपरभाइजर दिलिप रसाइलीले बताए । तीन महिनाभित्र काठमाडौं र भक्तपुरमा पनि याे सेवा लिन सक्ने उनले बताए । 

प्रभुले राउटर, वायर तथा इन्स्टलेसन चार्ज नलिने बताएको छ । कम्पनीले मासिक भुक्तानी सेवा बन्द गरेको हुँदा सेवा इन्स्टलेसनसँगै सम्पूर्ण रकम भुक्तानी गर्नुपर्ने उनले बताए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०