close

भारतीय पब्जी गेमका २५ लाख प्लेयरमाथि प्रतिबन्ध, यस्ताे छ कारण

टेकपाना टेकपाना

मंसिर ६, २०७८ १४:३०

भारतीय पब्जी गेमका २५ लाख प्लेयरमाथि प्रतिबन्ध, यस्ताे छ कारण

काठमाडौं । पब्जीको भारतीय संस्करण ‘ब्याटलग्राउण्ड मोबाइल’ का २५ लाखभन्दा धेरै प्रयोगकर्ताको अकाउन्ट प्रतिबन्धमा परेका छन् । गेमको ‘मल्टिप्लेयर एक्सपेरियन्स’ सुधार गर्ने नाममा ठगी गरेको भन्दै गेम डेभलपर क्राफ्टनले एकैपटक लाखाैं अकाउन्टमाथि प्रतिबन्ध लगाएको हो ।

यसअघि अक्टोबर महिनामा क्राफ्टनले सात लाख छ हजार ३१९ अकाउन्ट अस्थायी रुपमा बन्द गरेको थियो । हालै क्राफ्टनले कूल २५ लाख १९ हजार ६९२ ब्याटलग्राउण्ड मोबाइल इण्डियाका अकाउन्टहरू स्थायी प्रतिबन्धको घोषणा गरेको छ ।

क्राफ्टनले खेलाडी प्रतिबन्ध गर्नुका साथै यस्ता ठगीलाई निरुत्साहित गर्न थप कार्य भइरहेको जनाएको छ ।

यसअन्तर्गत बलियो एन्टि-चिट सफ्टवेयर बनाउने र ठगीलाई बढावा दिने किसिमका युट्युव च्यानलमाथि अनुसन्धान गरी प्रतिबन्ध लगाउने तयारी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पब्जीको भारतीय संस्करण हाल प्ले स्टोरमा १० करोडभन्दा धेरैपटक डाउनलोड भइसकेको छ । भारतमा चिनियाँ एपसँगै पब्जी माेबाइल गत वर्षकाे सेप्टेम्बरमा प्रतिबन्ध लगाइएको थियो ।

दक्षिण कोरियाली कम्पनी क्राफ्टनले पाँच महिनाअघि पब्जीकाे भारतीय संस्करणकाे रूपमा याे गेम सार्वजनिक गरेकाे हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२