close

एफटीटीएच विस्तारमा आक्रामक बन्दै टेलिकम, यो वर्ष दुई लाख २६ हजार नयाँ कनेक्सनको योजना

टेकपाना टेकपाना

साउन ५, २०७८ १७:२८

एफटीटीएच विस्तारमा आक्रामक बन्दै टेलिकम, यो वर्ष दुई लाख २६ हजार नयाँ कनेक्सनको योजना

काठमाडौं । सरकारी स्वामित्वकाे नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) पछिल्लो समय फाइबर विस्तारमा आक्रामक देखिएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम पारित गरेको टेलिकमले यो वर्षलाई ‘एफटीटीएच विस्तार वर्ष’ को रुपमा मनाउँदै छ ।

विगत दुई वर्षदेखि फाइबर टु दी होम (एफटीटीएच) विस्तारलाई प्राथामिकतामा राख्दै आएको टेलिकमले यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउने भएको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत वैशाखसम्म टेलिकमको एफटीटीएच इन्टरनेट जडान गर्ने ग्राहकको संख्या एक लाख ११ हजार २२९ छ ।

दुई वर्षको अवधिमा फाइबर इन्टरनेटमा प्रयोगकर्ताको उल्लेख्य वृद्धि भएसँगै टेलिकमले यो वर्ष एफटीटीएच विस्तारलाई अझ आक्रामक रुपमा अघि बढाउने योजना बनाएको छ । जसमा यो वर्ष कुल ४ लाख एफटीटीएच नेटवर्क तयार गर्ने योजना कम्पनीको रहेको छ । भने, २ लाख २६ हजार नयाँ एफटीटीएचका ग्राहक थप्ने लक्ष्य राखिएकाे छ ।

कम्पनीका अनुसार थप ग्राहकमध्ये एक लाख ८० हजार टेलिकमका एडीएसएलका ग्राहकलाई माइग्रेसन गरी एफटीटीएचमा रुपान्तरण गर्ने योजना कम्पनीको रहेको छ । भने, ४५ हजार नयाँ ग्राहक थप्ने लक्ष्य राखिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५