close

गुगलको ‘टेन्सर चिप’ क्वालकमको स्न्यापड्रागन ८८८ भन्दा फास्ट हुने दाबी

टेकपाना टेकपाना

भदौ ३१, २०७८ १३:२०

गुगलको ‘टेन्सर चिप’ क्वालकमको स्न्यापड्रागन ८८८ भन्दा फास्ट हुने दाबी

काठमाडौं । गुगलले आफ्नो स्मामर्टफाेन ‘गुगल पिक्सेल ६ प्रो’ का लागि आफैंले निर्माण गरेको ‘गुगल टेन्सर चिप’ क्वालकमको स्न्यापड्रागन ८८८ भन्दा फास्ट रहेकाे दाबी गरिएकाे छ ।

हालै सार्वजनिक एक प्रतिवेदनले टेन्सर चिप एन्ड्रोइड क्याम्पमा हालसम्मकै सबैभन्दा फास्ट भएको दाबी गरेकाे हाे ।

हाल बजारमा स्मार्टफोनका लागि उपलब्ध धेरैजसो एआरएम प्रोसेसरमा ‘बिग लिटिल’ आर्किटेक्चर प्रयोग हुँदै आएको छ । जसको अर्थ हाइ-पर्फमेन्स कोर र लो-पावर कोर हो ।

यसमा रहेकाे हाई-पर्फमेन्स कोरले गेम खेल्दा तथा बढी पावर खपत हुँदाको बखतमा काम गर्नेछ । भने, लो-पावर कोरले सामान्य अवस्थामा काम गरिरहेको हुन्छ ।

सामसङ र क्वालकम दुवैको चिपमा यी दुवै कोरले काम गरिरहेका हुन्छन् । जुन ‘वान प्लस थ्री प्लस फाेर’ का आधारमा डिजाइन गरिएको हुन्छ । जसमा वानको अर्थ सुपर लार्ज कोर हो ।

तर, गुगलको ‘पिक्सेल ६ प्रो’ मा प्रयोग हुने चिप ‘टु प्लस थ्री प्लस फाेर’ का आधारमा डिजाइन गरिएको जनाइएको छ ।

जसमा पहिलो ‘टु’ ले सुपर लार्ज कोर जनाउँछ । जुन क्वालकमको स्न्यापड्रागन ८८८ भन्दा बढी रहेको छ ।

कोर लार्ज कोरको तुलनामा सुपर लार्ज निकै नै पावरफुल हुने हुँदा गुगलले उपलब्ध गराएको भ्यालुका आधारमा पनि गुगलको टेन्सर चिप सबैभन्दा फास्ट रहेको जनाइएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१