close

टेलिकमको भोल्टे सपोर्ट गर्ने स्मार्टफोनको सङ्ख्या ७७ पुग्यो, तपाईँकोमा चल्छ कि चल्दैन ?

टेकपाना टेकपाना

पुस २९, २०७८ २०:२६

टेलिकमको भोल्टे सपोर्ट गर्ने स्मार्टफोनको सङ्ख्या ७७ पुग्यो, तपाईँकोमा चल्छ कि चल्दैन ?

काठमाडौं । नेपाल टेलिकमको भोल्टे (भीओएलटीई) सेवा परीक्षण सञ्चालनमा आएको करिब ८ महिना पूरा हुने क्रममा छ । कम्पनीले यसको व्यावसायिक सञ्चालनको अन्तिम तयारी गर्दै गर्दा भोल्टे सपोर्ट गर्ने मोबाइल सेटको सङ्ख्या समेत बढ्दै गएको छ । 

कम्पनीका अनुसार हालसम्म विभिन्न आठ ओटा कम्पनीका कूल ७७ ओटा स्मार्टफोन मोडेलमा भोल्टे सपोर्ट उपलब्ध भइसकेको छ । जसमा सामसङका ३१, आईफोनका १९, साओमीका १२, नोकियाका ६, भिभो र जेडटीईका समान तीन, ओप्पोका दुई र वनप्लसको एउटा मोडेलमा यो सेवा प्रयोग गर्न सकिने भएको छ ।

 फोरजी एलटीई प्रविधिमै एचडी भ्वाइस तथा भिडिओ कल गर्न सकिने गरी कम्पनीले गत जेठ ३ गते भीओएलटीई सेवा परीक्षण सञ्चालनमा ल्याएको थियो । टेलिकमले पहिलो पटक भीओएलटीई सेवा सक्रिय गर्ने ग्राहकलाई १०० मिनेटको निःशुल्क प्याकेज उपलब्ध गराउँदै आएको छ ।

थप सेवा लिँदा नियमित ट्यारिफ रेटमै गुणस्तरिय भ्वाइस र भिडिओ कल गर्न सकिन्छ । यसका लागि डेटा अन गरिरहनु पर्ने बाध्यता समेत हुँदैन ।

कसरी एक्टिभ गर्ने टेलिकमको भोल्टे ?

सुरुमा आफ्नो आईफोनमा *444# डायल गर्नुहोस् र सिममा भीओएलटीई एक्टिभ गराउनुहोस् । अब फोनको सेटिङबाट सेलुलरहुँदै सेलुलर डेटा अप्सन>भ्वाइस एन्ड डेटा>सेलेक्ट एलटीईमा गएर त्यसको तल रहेको इनेबल भीओएलटीई अन गर्नुहोस् ।

तर याद राख्नुहोस्, एन्ड्रोइडमा जस्तो आईफोनमा माथि भीओएलटीई लेखिएको देखिन्न, भीओएलटीई चलेको अवस्थामा समेत माथि तपाईंले फोरजीको संकेत मात्र देख्न सक्नुहुनेछ ।

अब १४४४ मा डायल गर्नुहोस् । यो नम्बरमा डायल गर्दा तपाईंको आईफोनमा भीओएलटीई चलेको छ कि छैन भनेर यकिन हुनेछ । यदि चल्छ भने प्राप्त निर्देशनअनुसार अङ्क १ थिच्नुहोस् र निःशुल्क १०० मिनेट भीओएलटीई कल सेवा प्राप्त गर्नुहोस् ।

तर यदि तपाईंको आईफोनमा आईओएसको पछिल्लो भर्सन छैन र कुनै क्यारियर स्पेसिफिक तथा जेल ब्रेक गरिएको आईफोन हो भने त्यसमा टेलिकमको भोल्टे नचल्न सक्छ । 

टेलिकमको भीओएलटीई सपोर्ट उपलब्ध रहेका मोबाइल

सामसङ

  1. Galaxy M01s
  2. Galaxy M02
  3. Galaxy M02s
  4. Galaxy M11
  5. Galaxy M12
  6. Galaxy M21
  7. Galaxy M30s
  8. Galaxy M31
  9. Galaxy A12
  10. Galaxy A51
  11. Galaxy A52
  12. Galaxy A70
  13. Galaxy A70s
  14. Galaxy A71
  15. Galaxy A72
  16. Galaxy Note 10 Lite
  17. Galaxy S10
  18. Galaxy S10+
  19. Galaxy S10e
  20. Galaxy S20
  21. Galaxy S20+
  22. Galaxy S20 ultra
  23. Galaxy S20 FE
  24. Galaxy S21
  25. Galaxy S21+
  26. Galaxy S21 Ultra
  27. Galaxy Note 10
  28. Galaxy Note 10+
  29. Galaxy Note 20
  30. Note 20 Ultra
  31. Galaxy Z Fold2

साओमी

  1. Redmin 8A
  2. Redmi Note 9 pro
  3. Redmi Note 9
  4. Redmi Note 7 Pro
  5. Redmi Note 10 Pro
  6. Redmi 9C
  7. Redmi 9A
  8. Redmi 9 Prime
  9. Redmi 8, Redmi 7
  10. Poco F1
  11. Mi Note 10 Lite
  12. Mi 10

नोकिया 

  1. Nokia 5.3
  2. Nokia 7.2
  3. Nokia 3.4
  4. Nokia G20
  5. Nokia 1.4
  6. Nokia G10
     

आईफोन

  1. iPhone 6
  2. iPhone 6S
  3. iPhone 6S Plus
  4. iPhone 7
  5. iPhone 7 Plus
  6. iPhone 8
  7. iPhone 8 Plus
  8. iPhone SE
  9. iPhone X
  10. iPhone XR
  11. iPhone XS
  12. iPhone XS MAX
  13. iPhone 11
  14. iPhone 11 Pro
  15. iPhone 11 Pro Max
  16. iPhone 12
  17. iPhone 12 mini
  18. iPhone 12 Pro
  19. iPhone 12 Pro Max

जेडटीई

  1. ZTE Blade A51
  2. ZTE Blade V30
  3. ZTE Blade A71

ओप्पो

  1. OPPO F19
  2. OPPO A16

भिभो

  1. vivo Y51
  2. vivo Y20
  3. vivo Y20s

वनप्लस

  1. OnePlus CE

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२