close

प्रयोगकर्ताको गोपनीयता जोगाउन एन्ड्रोइड फोनमा विज्ञापन ब्लक गर्ने सफ्टवेयर ल्याउँदै गुगल

टेकपाना टेकपाना

फागुन ५, २०७८ २२:१७

प्रयोगकर्ताको गोपनीयता जोगाउन एन्ड्रोइड फोनमा विज्ञापन ब्लक गर्ने सफ्टवेयर ल्याउँदै गुगल

काठमाडौं । गुगलले आफ्नो एन्ड्रोइड मोबाइल फोन अपरेटिङ सिस्टममा विज्ञापन ब्लक गर्ने सफ्टवेयर सार्वजनिक गर्ने भएको छ । कम्पनीले इन्टरनेटमार्फत जोडिने प्रयोगकर्तामाथि विभिन्न कम्पनीले गर्ने ट्र्याकिङलाई समाप्त पार्न यस्तो सफ्टवेयर ल्याउन लागेको हो ।

गुगलले भनेको छ कि एन्ड्रोइडका तीन अर्ब प्रयोगकर्ताले अन्ततः प्रविधि कम्पनीहरूले शेयर गर्ने डेटामाथि पाबन्दी ल्याउनेछ । प्रविधि कम्पनीहरूमाथि प्रयोगकर्ता तथा नियामकबाट गोपनीयता सम्बन्धी नीति सुनिश्चित गर्न दबाब उत्पन्न भइरहेको छ । एप्पलले  गत वर्ष यस्तै किसिमले आफ्नो नीति परिवर्तन गरेको थियो ।

जसले एक अर्ब प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत जानकारी शेयर गर्ने विषयमा नियन्त्रण गर्ने व्यवस्था मिलाएको छ । यसबाट कम्पनीहरूलाई आईफोनमा आफ्नो विज्ञापन सफल भएको सुनिश्चित गर्न कठिन साध्य भएको छ । गुगलको यो अग्रसरतालाई फेसबुकले चर्को रुपमा आलोचना गर्दै यसबाट यो वर्ष १० अर्ब डलरको नोक्सानी हुने बताएको छ ।

एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टमका लागि प्रस्तावित यो यन्त्रले एप निर्मातालाई प्रयोगकर्ताको व्यक्तिगत जानकारी थर्डपार्टीसँग शेयर गर्ने सन्दर्भमा सीमितता उत्पन्न गर्नेछ । साथै विभिन्न एप्लिकेसनमार्फत प्रयोगकर्तालाई ट्र्याकिङ गर्ने मामिलामाथि यसले रोक समेत लगाउनेछ ।

गुगलका एक प्रवक्ताले भनेका छन्, ‘हाम्रो लक्ष्य… प्रभावकारी र गोपनीयता सुधार गरिएको विज्ञापन सोलुसन हो, जहाँ प्रयोगकर्तालाई आफ्नो सूचना सुरक्षित राखिएको कुरामा ढुक्क होस् ।’ सन् २०२३ देखि क्रोम ब्राउजरबाट ट्र्याकिङ प्रविधि हटाउने निर्णयका कारण  गुगलले यसअघि देखिन नै विज्ञापनदाताबाट आलोचना खेपिरहेको छ ।

गुगलको अभिभावक कम्पनी अल्फाबेटले आफ्नो कूल आय मध्ये ८० प्रतिशत विज्ञापन बिक्रीबाट गर्दै आएको छ । त्यसो त गुगलको स्वामित्वकर्ता अल्फाबेटले विज्ञापन ब्लक गर्ने (एड ब्लकिङ) सफ्टवेयर रोलआउट गर्ने समयसीमा कम्तिमा दुई वर्ष पछिका लागि धकेलेको छ ।

जसबाट मोबाइल विज्ञापनदातालाई पुनः प्राप्ति गर्ने कम्पनीको विश्वास रहेको देखिन्छ । कम्पनीले भनेको छ, ‘हामी विद्यमान विज्ञापन माध्यममा रहेका फिचरलाई कम्तिमा दुई वर्षका लागि साथ दिने योजनामा छौँ । ता कि भविष्यमा हुने कुनै पनि परिवर्तन अगावै पर्याप्त सूचना प्रवाह हुन सकोस् ।’

मिडिया कम्पनीका लागि विज्ञापन आम्दानीको आकर्षक श्रोतको रुपमा रहँदै आएको छ । एन्ड्रोइड उपकरणलाई एउटा आईडी दिइएको हुन्छ, जसले विज्ञापनदातालाई प्रयोगकर्ताको आनीबानीको आधारमा नाफा आर्जन गर्न र उनीहरू इच्छुक हुने विषयका विज्ञापन पठाएर मार्केटिङ गर्न सघाउँछ ।

फेसबुकको भनाइमा यसरी लक्षित गरिने प्रयोगकर्ताले सम्बन्धित सामग्री खरिद गर्ने सम्भावना आठ  गुणा बढी हुन्छ । जब एप्पलको आईओएस १४ प्रविधि रोलआउटपछि एपले प्रयोगकर्ताको डेटा सङ्कलन गर्न तथा शेयर गर्न अनुमति लिनुपर्ने भयो ।

यसको अर्थ प्रयोगकर्ता एउटा एपबाट अर्को एपमा जाँदा विज्ञापनदाताले उनीहरूलाई ट्र्याक गर्न नसक्ने भए । यसरी प्रयोगकर्ताले विभिन्न एपबाट आफ्नो गतिविधिमाथि हुने निगरानी ब्लक गर्दा विज्ञापनको आम्दानी ११ प्रतिशतले घटेको छ ।

गुगलका अनुसार उसको विज्ञापन ब्लक गर्ने प्रविधिबाट विज्ञापनदातालाई एप्पलको प्रविधिले जति हानी पुर्‍याउने छैन । ‘अन्य माध्यमले डेभलपर तथा विज्ञापनदाताले प्रयोग गर्ने प्रविधिमाथि विज्ञापन गोपनीयताको सवालमा सक्त प्रतिबन्धको नीति लिएको कुराबाट हामीले पनि केही कुराहरू महसुस गरेका छौँ,’ गुगलले बुधबार भनेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२