close

एप्पलका सीईओ टिम कुकको पारिश्रमिक कति ?, काम भन्दा पैसा बढी लिएको आरोप 

टेकपाना टेकपाना

फागुन ७, २०७८ १९:३

एप्पलका सीईओ टिम कुकको पारिश्रमिक कति ?, काम भन्दा पैसा बढी लिएको आरोप 

काठमाडौं । एप्पललका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले गत वर्ष ९९ मिलियन डलर (११ अर्ब ८८ करोड रुपैयाँ) पारिश्रमिक लिएको भन्दै आलोचना भएको छ । 

लगानीकर्तालाई विज्ञ सल्ला दिने संस्था ईन्स्टिच्युसनल शेयरहोल्डर सर्भिस (आईएसएस) ले टिम कुकले लिएको पारिश्रमिकले आफ्नो ध्यानाकर्षण गरेको जनाएको छ । त्यसअघिको वर्षमा टिम कुकले एक करोड ४८ लाख अमेरिकी डलर पारिश्रमिक लिएकोमा एकै वर्षमा उनले पाउने रकम बढेर ९ करोड ९० लाख अमेरिकी डलर पुगेको भन्दै आईएसएसले ध्यानाकर्षण भएको जनाएको हो । 

एप्पलका सीईओ कुकको कूल सम्पत्ति १ अर्ब अमेरिकी डलर भन्दा बढी छ । उनले आफ्नो वार्षिक तलब, शेयर र अन्य खर्चबापत् पाएको रकमबाट सम्पत्ति जोडेका हुन् । 

एप्पललका शेयरधनीलाई पत्र लेख्दै आईएसएसले कुकलाई दिइएको आधार पारिश्रमिक उनको कार्यसम्पादन भन्दा बाहिर गएर दिइएको दाबी गरिएको छ  

६१ वर्षीय टिम कुक समानता र मानव अधिकारको पक्षपातिको रुपमा आफूलाई चित्रित गर्दै आएका छन् । सन् २०१५ मा एक सार्वजनिक अभिव्यक्ति दिंदै कुकले आफ्नो मृत्यु अघि नै आफ्नो सबै सम्पत्ति दान गर्ने घोषणा गरेका थिए । 

आईएसएसको दाबी अनुसार एप्पलमा काम गर्ने कर्मचारीको औसत कमाई भन्दा कुकलाई दिइएको पारिश्रमिक एक हजार चार सय ४७ गुणाले बढी छ । 

गत वर्ष उनलाई ६ लाख ३० हजार अमेरिकी डलरभन्दा बढीको सुरक्षा खर्च, ७ लाख १२ हजार अमेरिकी डलर भन्दा बढीको निजी बिमान शुल्क जस्ता शीर्षकमा पारिश्रमिक दिइएको थियो । 

गत वर्ष अमेरिकी सुरक्षा र एक्सचेञ्ज कमशिनले गरेको एक अध्ययन अनुसार कुकले लाभान्वितको नाम सार्वजनिक नगरी नै ठूलो परिमाणमा एप्पलको शेयर दान गरेका थिए  

सन् २०११ मा कुक एप्पलको सीईओको रुपमा आएपछि कम्पनीका शेयरधनीले १ हजार प्रतिशत भन्दा बढी मुनाफा कमाएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२