close

सिस्टम मर्मत गर्दै आइएमई पे, आज राति सेवा अवरूद्ध हुनसक्ने

टेकपाना टेकपाना

साउन २५, २०७९ १८:३४

सिस्टम मर्मत गर्दै आइएमई पे, आज राति सेवा अवरूद्ध हुनसक्ने

काठमाडौं । डिजिटल वालेट आईएमई पेले आज राति आफ्नो सेवा अवरूद्ध हुनसक्ने जानकारी दिएको छ ।

एक सूचना जारी गर्दै कम्पनीले सिस्टम मर्मतको काम भइरहेकाले राति १० बजेदेखि १२ बजेसम्म सेवा अवरूद्ध हुनसक्ने जानकारी दिएको हो ।

यसबाट ग्राहकमा पर्ने असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३