टेकपाना
भदौ २, २०७९ ९:४४
काठमाडाैं । भोलि शुक्रबार र शनिबार साइबर सुरक्षासम्बन्धी निःशुल्क कार्यशाला हुने भएको छ ।
आईटी स्टुडेन्टस् अफ नेपाल (आईटीएसएनपी) ले ‘साइबर सेक्युरिटी इसेन्सियल फर न्युबिज’ विषयमा भर्चुअल कार्यशाला गर्न लागेकाे हाे ।
साइबर सुरक्षा क्षेत्रमा आउन चाहनेहरूका लागि याे कार्यशाला उपयाेगी हुने आईटीएसएनपीका संस्थापक विवेक सुवेदीले बताए ।
कार्यशालामा सहभागीलाई साइबर सुरक्षा विज्ञ, बग हन्टर र आईएस अडिटरहरुले सहजीकरण गर्ने उनले जानकारी दिए ।
कार्याशालाबारे थप बुझ्न यहाँ र भाग लिन यहाँ क्लिक गर्नुहाेस् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४