close

ट्वीट गरेकै भरमा एक महिलालाई ३४ वर्ष जेल सजाय !

टेकपाना टेकपाना

भदौ २, २०७९ १७:२९

ट्वीट गरेकै भरमा एक महिलालाई ३४ वर्ष जेल सजाय !

काठमाडौं । महिला अधिकारको विषयमा ट्वीट गरेको भन्दै एक महिलालाई ३४ वर्षको जेल सजाय सुनाइएको छ । साउदी अरेबियाकाे अदालतले ‘सल्मा अल शेहाब’ नाम गरेकी महिलालाई याे सजाय सुनाएकाे हाे ।

शेहाब बेलायतस्थित युनिभर्सिटी अफ लिड्समा विद्यावारिधि गर्दैछिन् । गएको जनवरीमा छुट्टीमा साउदी अरेबिया फर्किएकी उनलाई त्यहाँको सरकारले हिरासतमा राखेको छ ।

सामाजिक सञ्जालमार्फत सरकारको सार्वजनिक व्यवस्थालाई खलल पार्ने र राज्यको सुरक्षामाथि आँच आउने काम गरेको भन्दै उनलाई सुरुमा ६ वर्षको जेल सजाय सुनाइएको थियो ।

शेहाबले त्यतिबेला देशबाट निकाला गरिएका व्यक्तिहरुले राजनीतिक बन्दीमा परेकाहरुलाई रिहाइ गर्नुपर्ने माग राख्दै गरेको ट्वीट रिट्वीटमात्रै गरेकी थिइन् ।

अदालतले तोकेको ६ वर्षको जेल सजायमा शेहाब पुनरावेदनमा गएकी थिइन् ।

पुनरावेदनको बहसमा उल्टै उनले साउदीको साइबर अपराध र एन्टी–टेरोरिजमसँग सम्बन्धित कानून उल्लंघन गरेको भन्दै थप कडा सजाय हुनुपर्ने माग राखियाे ।

त्यसैका आधारमा उनलाई गएको अगस्ट ८ तारिखमा ३४ वर्ष जेल सजाय तोकियो ।

यो फैसला साउदी अरेबियामा महिला अधिकारकर्मीका लागि तोकिएको आजसम्मकै लामो सजाय हो ।

शेहाबलाई तोकिएको यो सजायले साउदीमा अधिकारकर्मीले खेपिरहेको अवस्थाको अर्को यथार्थ दर्शाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४