close

आकस्मिक लाइसेन्स प्रिन्ट गर्न परे अब अनलाइन आवेदन दिन सकिने

टेकपाना टेकपाना

भदौ ३१, २०७९ २२:३०

आकस्मिक लाइसेन्स प्रिन्ट गर्न परे अब अनलाइन आवेदन दिन सकिने

काठमाडौं । आकस्मिक लाइसेन्स प्रिन्ट गर्नका लागि अब अनलाइन आवेदन दिन सकिने व्यवस्था लागू भएको छ । 

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र अर्थात् स्मार्ट ड्राइभिङ लाइसेन्स शीघ्र प्रिन्टका लागि अनलाइन आवेदन दिन सकिने जानकारी दिएकाे हाे ।

विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवम् नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरूले आकस्मिक लाइसेन्स निकाल्न सक्नेछन् ।

यसअगाडि भने आकस्मिक लाइसेन्स प्रिन्ट गर्न सम्बन्धित कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो ।

अब भने यही आउँदो असोज ७ गतेदेखि माथि उल्लेखित व्यक्तिले आकस्मिक लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

सेवाग्राहीले आवश्यक कागजातहरू अनलाइनमा नै प्रविष्ट गर्नसक्ने बताइएकाे छ ।

साथै निवेदकले सवारी चालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेश गर्नुपर्नेछ ।

अनलाइन आवेदनको लागि यहाँ क्लिक गर्नुहोस् ।          

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४