close

अब डेस्कटपमा पनि स्न्यापच्याट चलाउन सकिने

टेकपाना टेकपाना

असोज १, २०७९ ९:२२

अब डेस्कटपमा पनि स्न्यापच्याट चलाउन सकिने

काठमाडौं । मल्टिमिडिया मेसेजिङ एप स्न्यापच्याटले आफ्नो वेब एप सम्पूर्ण प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ । कम्पनीले गत जुलाईमा वेब एप सार्वजनिक गर्ने घोषणा गरेको थियो ।

केही समयअघि उक्त वेब एप सशुल्क प्रयोगकर्ता (पेड सब्स्क्राइबर) का लागि मात्र उपलब्ध गराइएको थियो ।

स्न्यापच्याटको वेब एपमा प्रयोगकर्ता च्याट तथा भिडिओ कल गर्न सक्छन् । यसमा बढी स्पेस भएकाले भिडिओ कल गर्नेहरूका लागि अझ सहज हुने कम्पनीको विश्वास छ ।

वेब ब्राउजरबाट स्न्यापच्याट लगइन गर्न तलको प्रक्रिया अपनाउनुहोस् । 

  • सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा गई (web.snapchat.com) सर्च गर्नुहोस् वा यहाँ क्लिक गर्नुहोस् । 
  • त्यसपछि आफ्नो ईमेल र पासवर्ड राखेर लगइनमा क्लिक गर्नुहोस् । 
  • अब आफ्नो फोनमा भएको स्न्यापच्याटको एपमा नोटिफिकेसन बारमा गएर वेब ब्राउजरमा लगइन गरेको कन्फर्म गर्नुहोस् । 
  • त्यसपछि कम्प्युटरबाट स्न्यापच्याट प्रयोग गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४