close

रू. ५९ मा दिनभर एनसेलको अनलिमिटेड डेटा र भ्वाइस सेवा

टेकपाना टेकपाना

असोज १, २०७९ १६:१८

रू. ५९ मा दिनभर एनसेलको अनलिमिटेड डेटा र भ्वाइस सेवा

काठमाडौं । आठौं संविधान दिवसको अवसरमा एनसेल आजियाटा लिमिटेडले नयाँ अफर ल्याएकाे छ । यसअन्तर्गत ग्राहकले अनलिमिटेड डेटा र अन-नेट भ्वाइस प्याकका साथै अल-नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्नेछन् ।

मंगलबारसम्म सञ्चालन हुने याे अफरमा ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अननेट भ्वाइस प्याक कर सहित रु. ५९ मा खरिद गर्न सक्नेछन् ।

यो प्याक एक्टिभेट गरेपछि ग्राहकले एक दिन अर्थात् २४ घण्टासम्म अनलिमिटेड डेटा र अननेट भ्वाइस प्रयोग गर्न पाउनेछन् ।

एनसेलबाहेक अन्य सेवा प्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र रु. ९५ मा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिनसक्ने कम्पनीले जनाएकाे छ ।

यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि पनि तीन दिनको रहनेछ ।

यो अफर प्रयोग गर्नको लागि प्रयोगकर्ताले *१७१००# डायल गरेर आफूले चाहेको प्याक खरिद गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४