close

यसरी प्रयोग गर्नुहोस् आईओएस १६ मा प्राइभेसी फिचर

टेकपाना टेकपाना

असोज ३, २०७९ ११:८

यसरी प्रयोग गर्नुहोस् आईओएस १६ मा प्राइभेसी फिचर

काठमाडौं । एप्पलले प्रयोगकर्ताको सुरक्षाको लागि आईओएस १६ को अपडेट सँगै नयाँ फिचरहरू सार्वजनिक गरेको छ । प्रयोगकर्ताको साइबर सुरक्षा तथा गोपनीयताको लागि कम्पनीले आईओएस १६ मार्फत प्रयोगकर्तालाई केही अपडेटहरू दिएको छ । विशेषगरी चार नयाँ फिचरहरू यहाँ उल्लेख गरिएको छ । 

शेयर गरिने सम्पर्क विवरणमा लुकाउनुहोस् 

सामान्यतया आईफोनबाट कसैको फोन नम्बर शेयर गर्दा त्यहाँ प्रयोगकर्ताले नम्बर सहित राखेको अन्य विवरण जस्तै जन्ममिति, इमेल आईडी, उपनामहरू पनि शेयर हुने गर्छन् । तर आईओएस १६ सँगै नम्बर शेयर गर्दा उक्त नम्बरसँगै भएको अन्य विवरणहरू शेयर नहुने फिचर उपलब्ध भएको छ । 

- यसको लागि आफूले शेयर गर्न चाहेको सम्पर्क नम्बरमा क्लिक गर्नुहोस्  

- थोरै तल स्क्रोल गरेर शेयर कन्ट्याक्ट अप्सनमा क्लिक गर्नुहोस् 

- फिल्टर फिल्ड्स अप्सनमा क्लिक गर्नुहोस् 

- यसमा तपाईंले शेयर गर्न नचाहेको विवरणको सूचीमा अनचेक गर्नुहोस् 

- यसपछि डन अप्सनमा क्लिक गर्नुहोस् 

क्लिपबोर्डलाई थप सुरक्षित बनाउनुहोस् 

आईओएस १६ को अपडेटसँगै अब कुनै पनि एपले मोबाइलको क्लिपबोर्डमा भएको सामग्रीलाई प्रयोग गर्नु भन्दा अगाडि नोटिफिकेशन आउँनेछ । अर्थात एउटा एपबाट कुनै सामग्री कपि गरेर अर्को एपमा शेयर गर्नुपरेमा सुरुमा तपाईं सो सामग्री शेयर गर्न चाहनुहुन्छ वा हुन्न भनेर सुनिश्चित गर्न तपाईंको अनुमति माग गर्दछ । पहिले भने क्लिपबोर्डमा भएका कुनै पनि सामग्री सहजै शेयर गर्न सकिन्थ्यो 

फोटो लुकाउन अब झन् सजिलो 

आईफोनमा पहिले नै फोटो लुकाउन सकिने फिचर थियो । यही फिचरलाई थप सुरक्षित बनाउँदै कम्पनीले यसमा नयाँ फिचर थपेको छ । अर्थात अब तपाईंले हाइड वा लुकाएर राख्नु भएको फोटोहरूको फोल्डर खोल्नका लागि फेसआईडी अथवा टच आईडी प्रयोग गर्नुपर्ने हुन्छ । यसको साथै हिडन एल्बमलाई पनि लुकाउन सकिन्छ । यसको लागि सेटिङमा गएर फोटोमा क्लिक गरेर 'सो हिडन एल्बम' अप्सनमा क्लिक गर्नुहोस् ।

सेफ्टी चेक 

आईओएस १६ मा 'सेफ्टी चेक' नामक नयाँ फिचर समावेश गरेको छ । यो फिचरले तपाईंले विभिन्न एपलाई दिएका अनुमतिहरू, डेटा शेयरिङको अनुमति लगायत एप्पल आईडीको पासवर्ड परिवर्तन जस्ता फिचरहरुलाई एकैठाउँमा भेटाउन सकिन्छ । यसको मोबाइलको डेटाहरू सुरक्षित गर्न थप सहयोग गर्दछ । 

- सेटिङमा गएर प्राइभेसी एन्ड सेक्युरिटी अप्सनमा क्लिक गर्नुहोस् 

- सेफ्टी चेक अप्सनमा क्लिक गर्नुहोस् 

- म्यानेज शेयरिङ एन्ड एक्सेस अप्सनमा क्लिक गर्नुहोस् ।    

 

पछिल्लो अध्यावधिक: असोज ३, २०७९ ११:१३