close

बिग डिजिटलको दशैँ अफर: ५० प्रतिशतसम्म छुट देखि १०० ग्राम चाँदीसम्म

टेकपाना टेकपाना

असोज ५, २०७९ ११:३६

बिग डिजिटलको दशैँ अफर: ५० प्रतिशतसम्म छुट देखि १०० ग्राम चाँदीसम्म

काठमाडौं । बिग डिजिटलले आफ्ना ग्राहकहरूको लागी दशैँ अफर ल्याएको छ । 'दशैं अफर चाँदीको वर्षा' अफर अन्तर्गत ग्राहकले बिग डिजिटलबाट सामान खरिद गर्दा ५० प्रतिशतसम्म छुट देखि १०० ग्रामसम्मको चाँदी जित्ने मौका पाउँनेछन् । यसको साथै विभिन्न विद्युतीय सामग्रीहरूको एक्सचेन्ज अफर पनि उपलब्ध गराइएको छ । 
बिग डिजिटलका अनुसार विभिन्न सामान खरिद गर्दा खल्ती डिजिटल वालेटबाट भुक्तानी गरेमा ५०० रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् भने एनआईसी एसिया बैंकको खाता भएको ग्राहकहरूले शुन्य प्रतिशत व्याजदरमा किस्तामा सामान खरिद गर्न सक्नेछन् । 
यसैगरी पुरानो मोबाइल दिएर नयाँ मोबाइल खरिद गर्न सकिनेछ भने पुरानो मोबाइल बिक्री गरेर सर्त अनुसार अन्य घरायसी विद्युतीय सामग्री वा ल्यापटप खरिद गर्न सकिनेछ । विभिन्न सामान खरिदमा ५० प्रतिशत सम्मको छुट पाउनुको साथै २०,००० रुपैयाँ भन्दा माथिको प्रत्येक खरिदमा चाँदीको सिक्का पनि जित्न सकिनेछ । 
बिग डिजिटलका अनुसार २०,००० वा सोभन्दा माथिको सामान खरिद गर्ने ग्राहकले ५ ग्राम, ४०,००० रुपैयाँ देखि माथिको सामान खरिद गर्नेले १० ग्राम, ८०,००० रुपैयाँ देखि माथिको सामान खरिद गर्नेले २० ग्राम, १५०,००० रुपैयाँ देखि माथिको सामान खरिद गर्नेले ५० ग्राम र २००,००० रुपैयाँ वा सो भन्दा बढि रकमको सामान खरिद गर्ने ग्राहकले १०० ग्राम चाँदीको सिक्का प्राप्त गर्न सक्नेछन् ।  

पछिल्लो अध्यावधिक: असोज ५, २०७९ ११:४०