ट्रेन्डिङ:
नेपाल टेलिकमको 'सजिलो प्रिपेड कम्बो' अफर, १९९ रुपैयाँमा ४२०० एमबी डेटा, ४२० मिनेट कल गाडीमा प्रयोग हुने ‘एन्टी लक ब्रेकिङ सिस्टम’ प्रविधि के हो र यसले कसरी काम गर्छ ? आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या ! चिप अभाव भएपछि स्मार्टफोन उत्पादन र आपूर्तिमा समस्या अब स्मार्ट क्यूआर र नेपालपे क्युआर मार्फत एक आपसमा भुक्तानी गर्न सकिने ईकमर्सको नयाँ कानून र व्यवसायीको अपेक्षा ५० मेगापिक्सेल क्यामेरा भएको 'ओप्पो ए१७' बजारमा सन्दिप क्षेत्रीको नयाँ फिल्म श्री हलमा नभई मोबाइल एपमा रिलिज हुने जीआईएस र रिमोट सेन्सिङ विषयमा तालिम दिँदै आविष्कार केन्द्र, यसरी हुनुहोस् सहभागी असोज ६ देखि नाडा ईभी एक्स्पो, कुन कुन विद्युतीय सवारी हेर्न पाइन्छ ?
close

नेपाल टेलिकमको 'सजिलो प्रिपेड कम्बो' अफर, १९९ रुपैयाँमा ४२०० एमबी डेटा, ४२० मिनेट कल

टेकपाना टेकपाना

असोज ५, २०७९

नेपाल टेलिकमको 'सजिलो प्रिपेड कम्बो' अफर, १९९ रुपैयाँमा ४२०० एमबी डेटा, ४२० मिनेट कल

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि 'सजिलो प्रिपेड कम्बो' अफर अन्तर्गत सस्तो मूल्यमा नै डेटा, भ्वाइसकल तथा मेसेज उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरूका लागि कम्पनीले यही असोज २ गतेदेखि १९९ रुपैयाँबाट सुरु भएर ६९९ रुपैयाँसम्मका भ्वाइस, डेटा र मेसेज पठाउन सकिने प्याकहरू ल्याएको हो ।  

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत १९९  रुपैयाँमा ४२०० एमबी (दैनिक १५० एमबी) डेटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा मेसेज पठाउन सकिने सुविधा उपलब्ध छ । त्यस्तै ३४९ रुपैयाँमा १४,००० एमबी (दैनिक ५०० एमबी) डेटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा मेसेज पठाउन सकिने सुविधा उपलब्ध छ ।

यसैगरी ४९९ रुपैयाँमा १९,६०० एमबी (दैनिक ७०० एमबी) डेटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०) वटा मेसेज पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफर अन्तर्गत ६९९ रुपैयाँमा २८ जीबी (दैनिक १ जीबी) डेटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८०० (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिनेछ । 

यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको लागि भने कम्पनीले ९८ रुपैयाँमा नै २८ दिन भित्रमा ६०० वटा र ६० रुपैयाँमा ३०० वटा मेसेज पठाउन सकिने सुविधा उपलब्ध गराएको छ ।

आफ्नो मोबाइलबाट *१४१५# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू खरिद गर्न सकिन्छ ।