close

सानिमा बैंकले सञ्चालनमा ल्यायो क्याश डिपोजिट मसिन

टेकपाना टेकपाना

असोज ५, २०७९ १८:४

सानिमा बैंकले सञ्चालनमा ल्यायो क्याश डिपोजिट मसिन

काठमाडौं । अब सानिमा बैंकका ग्राहकहरूले पैसा जम्मा गर्न बैंकमा नै जानुपर्ने बाध्यता हटेको छ । बैंकले क्याश डिपोजिट मसिन सञ्चालनमा ल्याएसँगै अब सानिमामा खाता भएका ग्राहकहरूले सो मसिनबाट नै पैसा जम्मा गर्न सकिने भएको हो । यो सुविधाबाट ग्राहकलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झट नहुने बैंकले जनाएको छ । 
हाल यो सुविधा बैंकको केन्द्रिय कार्यालय नक्सालमा मात्र उपलब्ध गराइएको छ । चाडैं नै अन्य शाखाबाट पनि यो सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ । उक्त मसिनबाट ग्राहकले एक पटकमा एक लाख रुपैयाँ भन्दा कमको रकम मात्र राख्न सक्नेछन् । मसिनमा ५०० रुपैयाँ र १००० रुपैयाँ दरका नोटहरू मात्र प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।    

पछिल्लो अध्यावधिक: असोज ५, २०७९ १८:५