close

एलजीको एलईडी टिभी अब नेपालमै बन्ने

टेकपाना टेकपाना

असोज ५, २०७९ २१:५८

एलजीको एलईडी टिभी अब नेपालमै बन्ने

काठमाडौं । एलजी ब्रान्डको एलईडी टिभी अब नेपालमै बन्ने भएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले एलजी ब्रान्डको टिभी नेपालमा नै एसेम्बल गर्ने भएको हो । सीजी इलेक्ट्रोनिक्सले आज एक कार्यक्रमकाबिच काठमाडौंमा एलजीको एलईडी एसेम्बली प्लान्टको उद्घाटन गरेको छ । 
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले १०० जना कर्मचारी राखी प्लान्टमा काम सुरु गर्ने बताएका छन् । त्यस्तै कुल कर्मचारीमा उक्त प्लान्टमा महिला कर्मचारीलाई बढि प्राथमिकता दिने पनि उनले बताए । उनका अनुसार प्लान्टमा ७० प्रतिशत महिला कर्मचारी हुनेछन् । 
सीजी इलेक्ट्रोनिक्सले एलजी ब्रान्डका विद्युतीय सामग्रीहरू नेपालमा बिक्री गर्दै आएको थियो । अब नेपालमा नै टिभी एसेम्बल हुने भएपछि एलजीका टिभीहरूको मूल्य कम हुने अनुमान गरिएको छ ।    
 

पछिल्लो अध्यावधिक: असोज ५, २०७९ २१:५८