close

८७० रुपैयाँमा डिशहोमको २०० एमपीबीएस इन्टरनेट

टेकपाना टेकपाना

असोज ६, २०७९ १७:७

८७० रुपैयाँमा डिशहोमको २०० एमपीबीएस इन्टरनेट

काठमाडौं । डिशहोमले चाडबाडको अवसर पारी फेस्टिभ फाइबरनेट अफर ल्याएको छ । यसअन्तर्गत नयाँ ब्यान्डविथको साथ विभिन्न मूल्यमा इन्टरनेट प्याकेज ल्याइएको छ ।

फेस्टिभ फाइबरनेट अफरले मात्र रु. ८७० प्रति महिना पर्ने २०० एमबीपीएसको इन्टरनेट प्याकेज दिनेछ ।

त्यस्तै प्रति महिना रु. ५९५ मा ७५ एमबीपीएस, रु. ६८७ मा १०० एमबीपीएस, रु. ८२४ मा १५० एमबीपीएस र रु. ९१६ मा २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध रहेको छ ।

यो प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले फाइभजी डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउने कम्पनीले जनाएकाे छ ।

साथै इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकले रु. २५० प्रति महिनामा डिशहोम आई टि.भी (आईपीटिभी)को सेवा पनि लिन पाउने उल्लेख गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ १७:२५