close

अढाई लाख पर्ने इलेक्ट्रिक माउन्टेन बाइक १ लाख ८० हजारमै

टेकपाना टेकपाना

असोज ७, २०७९ ८:३५

अढाई लाख पर्ने इलेक्ट्रिक माउन्टेन बाइक १ लाख ८० हजारमै

काठमाडौं । याडिया ब्रान्डको अढाई लाख रुपैयाँ मूल्य पर्ने वाईएस ५०० इलेक्ट्रिक माउन्टेन बाइक एक लाख ८० हजार रुपैयाँमै पाउन सकिने भएको छ । नाडा अटोमोबाइल्स एसोसियसनले बिहीबारदेखि राजधानीमा आयोजना गरेको नाडा ईभी एक्स्पो अवधिभर यो विद्युतीय इलेक्ट्रिक माउन्टेन बाइकमा विशेष अफर दिइएको हो ।

कुजु नेपाल प्रालिले बिक्रीमा राखेको यो बाइकले एक पटकको फूल चार्जमा ८० देखि १०० किमि माइलेज दिने दाबी गरिएको छ । बाइकलाई फूल चार्ज गर्न साढे छ घण्टा लाग्छ । ३६ भोल्ट १३ एम्पियर आवर र ४६८ वाट आवर ब्याट्री भएको यो इलेक्ट्रिक माउन्टेन बाइकमा ५०० वाट पिक पावर रहेको छ । यसको मूल्य बजारमा २ लाख ५० हजार रहेको छ ।

यसैगरी कम्पनीले स्टलमा याडिया एसएस ८०० मोडेलको माउन्टेन बाइक पनि राखेको छ । फूल चार्जमा ११० देखि १२० किलोमिटर चल्ने यो बाइकलाई फूल चार्ज गर्न साढे चार घण्टा लाग्ने बताइएको छ । यो बाइकमा ३६ भोल्ट १५ एम्पियर आवरको ब्याट्री दिइएको छ भने यसको क्षमता ५४० वाट आवर रहेको छ ।

६०० वाट पिक पावर रहेको एसएस ८०० मोडेलको तौल २६ केजी रहेको छ । त्यस्तै कम्पनीले स्टलमा याडिया एसएस १००० र याडिया आईटी ५०० मोडेलका विद्युतीय माउन्टेन बाइक प्रदर्शनीमा राखेको छ । कम्पनीका अनुसार सबै मोडेलमा तीन ओटा विभिन्न सेन्सर, अटोमोटिभ लेभल भेहिकल कन्ट्रोल युनिट, वाटरप्रुफ हार्नेस, स्टपवाच र रिमोट अपग्रेडिङ फङ्सन रहेका छन् । इलेक्ट्रिक बाइकको ब्याट्री र मोटरमा दुई वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

बिहीबार सुरु भएको ईभी एक्स्पो चार दिनसम्म चल्नेछ । विद्युतीय गाडी प्रदर्शनका लागि नेपालमा पहिलो पटक यस्तो एक्स्पो आयोजना गरिएको नाडाले बताएको छ । कार्यक्रममा थुप्रै आकर्षक विद्युतीय दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे गाडीका स्टलहरू रहेका छन् । विभिन्न ब्रान्डले एक्स्पोमा आकर्षक छुट तथा अफर उपलब्ध गराइरहेका छन् ।

 

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ ८:३५