close

काठमाडौं महानगरभित्र ३० वर्ग फिटभन्दा ठूला डिजिटल बोर्ड राख्न निषेध

टेकपाना टेकपाना

असोज ७, २०७९ १३:२

काठमाडौं महानगरभित्र ३० वर्ग फिटभन्दा ठूला डिजिटल बोर्ड राख्न निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र ३० वर्ग फिटभन्दा ठूला डिजिटल डिस्प्ले राख्न निषेध गरिएको  छ । शुक्रबार एक सूचना जारी गर्दै महानगरले यस्तो निर्णय गरेको हो ।

परिचय पाटी (डिजिटल बाेर्ड) राखे वापत बुझाउनुपर्ने शुल्क नबुझाएको पाएपछि महानगरले विभिन्न संघसंस्थालाई ३० दिनभित्र शुल्क बुझाउन निर्देशन दिएको छ । यदि उक्त अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने व्यहोरा सूचनामा उल्लेख छ ।

यससँगै महानगरपालिकाले ३० वर्ग फिटभन्दा माथिको परिचय पाटी (डिजिटल बोर्ड) राख्न पूर्ण रूपमा निषेध गरेको छ ।

महानगरपालिकाले विभिन्न आकारका परिचय पाटीको वार्षिक दररेट समेत तोकेको छ ।

त्यसका लागि ६ वर्ग फिटसम्मको एउटा परिचय पाटीका लागि वार्षिक ५००, १५ वर्ग फिटसम्मको एउटा परिचय पाटीका लागि वार्षिक १५०० र १५ वर्ग फिटभन्दा माथि ३० वर्ग फिटसम्मका परिचय पाटीको प्रति वर्ग फिट १००० रुपैयाँ तिर्नुपर्ने छ ।

यसअघि महानगरले आफ्नो क्षेत्रभित्रका विभिन्न डिजिटल बोर्डले मापदण्ड पूरा नगरेको भन्दै बन्द गर्न निर्देशन दिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ १३:२