close

भाटभटेनी सुपरमार्केटमा अब नेपालपे क्यूआरबाट भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

असोज ७, २०७९ १६:५

भाटभटेनी सुपरमार्केटमा अब नेपालपे क्यूआरबाट भुक्तानी गर्न सकिने

काठमाडौं । भाटभटेनी सुपरमार्केटमा पनि नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ ।

ग्राहकले नेपाल पे सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्टआईपीएस मार्फत स्क्यान गरी भुक्तानी गर्न सक्ने नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले जानकारी दिएकाे छ ।

उक्त स्टोरमा डाइनामिक प्ले क्यूआर राखिएको हुँदा ग्राहकले सजिलै स्क्यान गरी भुक्तानी गर्नसक्ने जनाइएकाे छ ।

हाल यो सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआईसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, सम्वृद्धि फाइनान्स, सेलपे, मोरू गरी १२ वटा मोबाइल बैंकिङ्ग, दुईओटा वालेट र कनेक्ट आईपीएस मोबाइल एपमा उपलब्ध रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ १६:२५