close

मेटाले पेटेन्ट उल्लङ्घन गरेको पुष्टि, १४ अर्ब बढी जरिवाना तिर्नुपर्ने

टेकपाना टेकपाना

असोज ७, २०७९ १७:१६

मेटाले पेटेन्ट उल्लङ्घन गरेको पुष्टि, १४ अर्ब बढी जरिवाना तिर्नुपर्ने

काठमाडौं । पेटेन्ट उल्लङ्घन गरेको आरोप पुष्टि भएपछि मेटा (फेसबुक)ले १४ अर्ब बढी जरिवाना तिर्नुपर्ने भएको छ ।

मेटाविरुद्ध वाकी-टकी एप भोक्सरले पेटेन्ट उल्लङ्घन गरेको आरोप लगाउँदै टेक्सासको एक अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले भोक्सरको पक्षमा फैसला गर्दै १७४ मिलियन डलर (१४ अर्ब १२ करोड रूपैयाँ बढी) जरिवाना तिर्न आदेश दिएको हो ।

भोक्सरले मेटाविरुद्ध सन् २०२० मा नै मुद्धा दायर गरेको थियो ।

यसैबीच अदालतको फैसलालाई लिएर मेटा पुनरावेदनमा जाने योजनामा छ ।

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ १७:१७