close

दशैँमा कुन इन्टरनेट जोड्ने ?

टेकपाना टेकपाना

असोज ७, २०७९ १९:३७

दशैँमा कुन इन्टरनेट जोड्ने ?

काठमाडौं । दशैँ तिहारलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायकहरूले आफ्ना ग्राहकका लागि आकर्षक छुट तथा अफर सार्वजनिक गरेका छन् । यो वर्ष फुटबल विश्वकप समेत रहेकाले अधिकांश सेवाप्रदायकले आफ्नो अफरमा स्मार्टटिभी तथा एलईडी टिभी समेत समावेश गरेका छन् । आज हामी कुन इन्टरनेट सेवाप्रदायकको अफर आकर्षक भन्ने विषयमा चर्चा गर्दै छौँ ।  

१. वर्ल्डलिङ्क​​

 

देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले चाडबाडका  लागि भन्दै अन्य सेवाप्रदायकभन्दा पृथक अफर तयार पारेको छ । जसमा ३६०० पर्ने नेटटिभीको एक वर्षे सब्सक्रिप्सन, ४५०० पर्ने नेटटिभी सेट-टप बक्स, १२६०० पर्ने एक वर्षको २०० एमबीपीएस इन्टरनेट, ७००० पर्ने नोकिया मेश राउटर बिकन १.१, ५००० पर्ने डुअल ब्यान्ड राउटर र २६ हजार पर्ने ३२ इन्चको यासुदा एलईडी टीभी सहित कूलः ५८ हजार ७०० रुपैयाँको प्याकेज केवल २५ हजार ९०० रुपैयाँमा पाउनेछन् ।

३२ इन्चको एलईडी टिभीको साटो ४५ हजार रुपैयाँ पर्ने ४३ इन्चको स्मार्ट टिभी लिन चाहेको खण्डमा सम्पूर्ण प्याकेज केबल ३८ हजार ४८८ रुपैयाँमै प्राप्त गर्न सकिनेछ । 

२. सुबिसु

सुबिसुले आफ्नो १०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेट खरिद गर्ने ग्राहकका लागि दशैँ तिहार स्मार्ट अफर ल्याएको छ । जसअनुसार ग्राहकले अफरमा उपलब्ध मध्ये कुनै एक इन्टरनेट प्याकेज खरिद गर्दा स्मार्ट टिभी र स्मार्टफोन खरिदमा विशेष छुट पाउनेछन् । कम्पनीले भ्याट, निःशुल्क डिभाइस र जडान सहित ४९९९ रुपैयाँमा तीन महिनाका लागि १०० एमबीपीएस, ११ हजार ९९९ रुपैयाँमा १२ महिनाका लागि १०० एमबीपीएस, ७ हजार ९९९ मा ३ महिनाका लागि ३०० एमबीपीएस र १४ हजार ९९९ मा १२ महिनाका लागि ३०० एमबीपीएस इन्टरनेट प्याकेज उपलब्ध गराएको छ ।

यस मध्ये कुनै पनि इन्टरनेट प्याकेज लिँदा १५ हजार ९९९ रुपैयाँमै ३२ इन्चको स्मार्ट टिभी र १४ हजार ५०० रुपैयाँमै ६.५ इन्चको स्मार्टफोन खरिद गर्न सकिनेछ । कम्पनीले यो अफर अन्तर्गत आफ्ना विद्यमान ग्राहकको इन्टरनेट स्पिड निःशुल्क रूपमा बढाइदिने बताएको छ ।

३. भायनेट

यसैगरी नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले पनि आफ्ना ग्राहकका लागि दशैंको मूड भायटिभीको साथ छुट र दशैंको मूड भायनेट साथ छुट नामक दुई अफर ल्याएको छ । जसमध्ये पहिलो अफरमा भायटिभीको १ वर्षे प्याकेज खरिदमा २७ हजार ९९० पर्ने ३२ इन्चको एलईडी टिभी भ्याट सहित १३ हजार ६९९ मा र ५२ हजार ९९० पर्ने ४३ इन्चको स्मार्ट टिभी भ्याट सहित २७ हजार ९९० रुपैयाँमा प्राप्त गर्न सकिनेछ ।

त्यस्तै अर्को अफरमा मासिक ९९९ रुपैयाँमा २०० एमबीपीएस इन्टरनट र मासिक १५० रुपैयाँमा भायटिभीको साथमा ग्राहकले ४००० रुपैयाँ पर्ने नोकिया बिकन १.१ मेश राउटर अथवा २०५८ पर्ने मी फोरए डुअल ब्यान्ड राउटर सित्तैमा पाउनेछन् । 

४. डिशहोम फाइबरनेट  

डिशहोम फाइबरनेटले खुसीको साथी नाममा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले भ्याटसहित मासिक १०३५ रुपैयाँमा पर्ने २५० एमबीपीएस इन्टरनेट एक वर्षका लागि खरिद गर्दा फाइभजी डुअल ब्यान्ड र एक वर्षको डिशहोम आईटिभी सब्सक्रिप्सन निःशुल्क रूपमा प्राप्त गर्न सकिनेछ ।

साथै कम्पनीको इन्टरनेट जडान गर्ने ग्राहकले ४२ इन्चको डीएचआई स्मार्ट टिभी २९ हजार ३२१ रुपैयाँमा र ३२ इन्चको डीएचआई एलईडी टिभी १४ हजार ६५१ रुपैयाँमा खरिद गर्न सक्नेछन् । 

 ५. सीजीनेट

सीजीनेटले सीजी मल नाममा चाडबाड अफर सार्वजनिक गरेको छ । कम्पनीले ७५ एमबीपीएसदेखि ३०५ एमबीपीएससम्मको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा २९९९० रुपैयाँ पर्ने ३२ इन्च सीजी स्मार्ट टिभी १५ हजार ५०० रुपैयाँमै पाउन सक्नेछन् । त्यस्तै ३९ हजार ७९० रुपैयाँ पर्ने ४३ इन्चको सीजी स्मार्ट टिभी २६ हजार रुपैयाँमै प्राप्त गर्न सकिनेछ ।

६. क्लासिक टेक

स्मार्ट दशैँ अफरको नाममा क्लासिक टेकले आकर्षक अफर ल्याएको छ । ७४१ रुपैयाँमा १०० एमबीपीएस, ६६० रुपैयाँमा ८० एमबीपीएस, वा ५७० रुपैयाँमा ५० एमबीपीएस मध्ये कुनै एक इन्टरनेट प्याकेजसँगै मासिक १५० रुपैयाँमा आईपीटिभीको खरिद गर्दा ५७ हजार पर्ने ४३ इन्चको स्मार्ट टिभी २५ हजार ६३३ रुपैयाँमा र २९ हजार पर्ने ३२ इन्च एलईडी टिभी १३ हजार २७३ रुपैयाँमै प्राप्त गर्न सकिनेछ ।

 ७. वाई-फाई नेपाल

त्यसैगरी इन्टरनेट सेवाप्रदायक कम्पनी वाई-फाई नेपालले ‘दशैंको मास्टर अफर’ ल्याएको छ । यसअन्तर्गत कम्पनीले आफ्नो ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोगकर्तालाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेडको मौका दिएको छ ।

त्यसैगरी यसअघि ५० एमबीपीएस इन्टरनेट प्रयोग गरिरहेका ग्राहकले ३० एमबीपीएसको प्याकेजको शुल्क तिरेरै नवीकरण गराउन सक्नेछन् । तर वाईफाई नेपालले चाडबाड अफरमा स्मार्ट टिभी वा एलईडी टिभी सहितको प्याकेज भने ल्याएको छैन । 

८. वेबसर्फर

वेब सर्फरको दशैँ अफर अन्तर्गत नाै हजार ५०० सय रुपैयाँमा एक वर्षका लागि १११ एमबीपीएसको इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ । यसमा राउटरको शुल्क ५०० समावेश गरिएको छ भने तार र इन्स्टलेसन खर्च निःशुल्क रहेको छ । त्यस्तै एक वर्षका लागि १११ एमबीपीएस इन्टरनेटसहित एउटा आईपी टिभीको वार्षिक प्याकेजको मूल्य १२ हजार ५०० सय रुपैयाँ राखिएको छ ।

यो अफरमा तार र इन्स्टलेसन खर्च छुट गरिएको छ भने टिभी बक्सको शुल्क ५०० रुपैयाँ र राउटरको शुल्क ५०० रुपैयाँ प्याकेजमै समावेश गरिएको छ । वेबसर्फरले समेत वाईफाई नेपालले जस्तै स्मार्ट टिभी बिनाकै चाडबाड अफर ल्याएको हो । 

पछिल्लो अध्यावधिक: असोज १३, २०७९ १६:५८