close

अनर एक्स सिक्स नेपाली बजारमा, प्रि-बुकिङ गर्दा ५०० रूपैयाँमै एयरबड्स पाइने

टेकपाना टेकपाना

असोज ७, २०७९ १८:४३

अनर एक्स सिक्स नेपाली बजारमा, प्रि-बुकिङ गर्दा ५०० रूपैयाँमै एयरबड्स पाइने

काठमाडौं । नेपाली बजारमा अनर एक्स सिक्स स्मार्टफाेन भित्रिने भएकाे छ ।

चिनियाँ ब्रान्ड अनरका लागि नेपालको आधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले भाेलि शनिबारदेखि आइतबारसम्म दुई दिनका लागि यस फाेनकाे प्रि-बुकिङ खुलाउने भएकाे छ ।

हाल नेपाली बजारमा अनर एक्स सिरिजका एक्स सेभेन, एक्स एट र एक्स नाइन तथा अनर ५० लाइट फोन उपलब्ध छन् ।

कम्पनीका अनुसार अनर एक्स सिक्सकाे प्रि-बुकिङ गर्दा उपभोक्ताले साढे पाँच हजार रुपैयाँ पर्ने 'एयरबड्स एक्स थ्री लाइट' ५०० रुपैयाँमै पाउनेछन् ।

नेपाली बजारमा याे फाेनकाे मूल्य १८ हजार ४९० रूपैयाँ ताेकिएकाे छ ।

अनर एक्स सिक्समा ६.५ इन्चको टीएफटी एलसीडी डिस्प्ले छ । मिडियाटेक चिपसेट र एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा आधारित फाेन ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेजमा किन्न सकिन्छ । 

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा २ दुई मेगापिक्सेलको डेफ्थ सेन्सर रहेकाे छ । सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा सेन्सर समावेश छ ।

त्यस्तै यसमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ । सँगै यसमा फास्ट चार्जिङ प्रविधि रहेकाे कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ १८:४३