close

फेक आईडीबाट मलाई ८ हजार १०० जनाले गाली गर्छन्ः महेश बस्नेत

टेकपाना टेकपाना

असोज ७, २०७९ २२:१४

फेक आईडीबाट मलाई ८ हजार १०० जनाले गाली गर्छन्ः महेश बस्नेत

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आफूलाई आठ हजार १०० जनाले फेक आईडी बनाएर गाली गरेको एमाले नेता तथा सांसद महेश बस्नेतले दाबी गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले सफ्टवेयर प्रयोग गरी हेर्दा आफूलाई फेक आईडीबाट गाली आइरहेको दाबी गरेका हुन् ।

"मेरो फेसबुकमा अस्ती सफ्टवेयर राखेर हेर्‍यौँ, आठ हजार १०० जना छन् मलाई गाली गर्ने फेक आईडीवालाहरू," उनले भने ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध अभिव्यक्ति दिएपछि नेता बस्नेत सामाजिक सञ्जालमा विवादित बनेका छन् ।

उनले आफूलाई गाली गर्नेहरूलाई किन सम्मान गर्ने भन्दै प्रश्न गरेका छन् ।

उनी भन्छन्, "उनीहरूलाई मैले सम्मानित शब्दहरू बोल्नुपर्ने अरे । फेरि मैले भने यी फेक आईडीहरू त चोर, डाँका, फटाहा, अपराधी, सुंगुर, कुकुर सबै हुन् भने । फेक आईडीसँग मैले सम्मानपूर्वक बोल्नुपर्ने ? फेरि पनि भन्छु, हाम्रा विरुद्ध फेक आईडी चलाएर गाली गर्नेहरू चोर, फटाहा डाँका हुन् ।"

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ २२:१७