close

ईसेवाबाट पैसा पठाउँदा काठमाडौंमा घर जित्ने मौका

टेकपाना टेकपाना

असोज ८, २०७९ ९:३२

ईसेवाबाट पैसा पठाउँदा काठमाडौंमा घर जित्ने मौका

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले 'मेरो डिजिटल देश' अभियान सुरु गरेको छ । यो अभियान असोज ७ बाट सुरु भएर फागुन ६, २०७९ सम्म जारी रहनेछ ।

परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइज गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ ।

“मेरो डिजिटल देश” अभियान अन्तर्गत संसारका जुनसुकै पनि मुलुकमा रहेका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ईसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् ।

साथै, विदेशबाट ईसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स आफ्नो ईसेवा वालेटमा प्राप्त गरेर पनि यस योजनामा सहभागिता जनाउन सकिनेछ ।

यो अभियानमा कलाकार राजेश हमाल र  स्वस्तिमा खड्का पनि जोडिएका छन् ।

ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले यो अभियानमा विश्वको जुनसुकै ठाँउमा रहेका नेपालीहरु सहभागी हुने र देश डिजिटल बनाउनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

यो अभियानका विजेताले काठमाडौंमा घर जित्नसक्ने बताइएको छ ।

ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज ८, २०७९ १६:१९