close

प्रेमगीत ३ को हिन्दी संस्करण अनलाइनमा लिक

टेकपाना टेकपाना

असोज ८, २०७९ १५:१७

प्रेमगीत ३ को हिन्दी संस्करण अनलाइनमा लिक

काठमाडौं । चलचित्र प्रेमगीत ३ को हिन्दी संस्करण अनलाइनमा लिक भएको छ ।

भारतीय सिनेमाघरमा शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रको हलप्रिन्ट विभिन्न पाइरेटेड साइटमा देखिन थालेको छ ।

केही साइटमा छोटा क्लिपहरू मात्र अपलोड भएका छन् भने केहीमा पूरै चलचित्र अपलोड गरिएको छ ।

हिन्दी भाषामा डबिङ गरिएको यो पहिलो नेपाली कथानक चलचित्र भएको दाबी गरिएको छ ।

हिन्दी संस्करणको प्रेम गीत ३ नेपालमा भने सोमबारबाट मात्रै प्रदर्शनमा आउने बताइएको छ ।

यद्यपि यसअघि नै टेलिग्राम, वनटुथ्री मुभिज, युवाचफ्री लगायतका साइटहरूमा यो फ्लिमको हिन्दी संस्करणको हल प्रिन्ट लिक भइसकेको छ ।

पछिल्लो समयमा अनलाइनमा चलचित्र लिक हुने क्रम बढ्दो छ ।
 

पछिल्लो अध्यावधिक: असोज ९, २०७९ १४:३१