काठमाडौं । डिशहोमले नजिकिँदै गरेको दशैँलाई लक्षित गर्दै 'खुसीको साथी' अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यो सेवा ल्याएको हो ।
यस अन्तर्गत कुल ४३ हजार ९९९ रुपैयाँ (भ्याटसहित) मा ४३ इन्चको स्मार्ट टिभी खरिद गर्न सकिन्छ, जसमा एक वर्षका लागि २५० एमबीपीएस गतिको फाइबर इन्टरनेट र तीन डिभाइसमा चल्ने डिशहोम आई टिभी (आईपीटिभी) सेवा पाउन सकिने छ ।
सीमित अवधिका लागि ल्याइएकाे यस अफरमा फाइभजी डुअल ब्यान्ड राउटर र जडान खर्च निःशुल्क गरिएकाे छ ।
त्यस्तै यही अफर अन्तर्गत कुल २९ हजार २२९ रूपैयाँ (भ्याट सहित) मा ३२ इन्चको एलईडी टिभी पाउन सकिन्छ, जसमा एक वर्षका लागि २५० एमबीपीएस गतिको फाइबर इन्टरनेट र तीन डिभाइसमा चल्ने डिशहोम आई टिभी (आईपीटिभी) सेवा पाउन सकिने छ ।