close

लिपिस्टिकको आकारमा नथिङको नयाँ इयरबड्स

टेकपाना टेकपाना

असोज ८, २०७९ २१:४३

लिपिस्टिकको आकारमा नथिङको नयाँ इयरबड्स

काठमाडौं । हालै बजारमा पारदर्शी मोबाइल सार्वजनिक गरेको नथिङ ब्रान्डले चाँडै नै आफ्नो इयरबड्स पनि सार्वजनिक गर्ने भएको छ । बेलायतमा सम्पन्न भएको एक फेशन शाेमार्फत कम्पनीले आफ्नो इयरबड्सको डिजाइन सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रममा देखाइए अनुसार नथिङको इयरबड लिपिस्टिकको डब्बा जस्तो केसमा उपलब्ध हुनेछ ।

कार्यक्रममा इयरबड्सको विषयमा थप जानकारी केही उपलब्ध गराइएको छैन ।

यद्यपि मोडलहरूले लिपिस्टिकको डब्बा जस्तो केसमा नथिङ इयरबड्स बोकेर र्‍याम्पमा हिँडेका थिए । 

यसले गर्दा यो इयरबड्स लिपिस्टिकको डब्बाजस्तो केसमा उपलब्ध हुने पक्का भएको छ । इयरबड्सको डिजाइन पनि फरक हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज ८, २०७९ २१:४३