close

यसरी हटाउनुहोस् गुगल सर्चमा देखिने आफ्नो व्यक्तिगत विवरण

टेकपाना टेकपाना

असोज ९, २०७९ ९:५७

यसरी हटाउनुहोस् गुगल सर्चमा देखिने आफ्नो व्यक्तिगत विवरण

काठमाडौं । गुगलले आफ्नो मोबाइल एपमा एउटा नयाँ फिचर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो नयाँ फिचर प्रयोग गरेर प्रयोगकर्ताले गुगलको मोबाइल एपमा सर्च गर्दा आफ्नो व्यक्तिगत विवरण आएको खण्डमा उक्त विवरणलाई सर्च हिस्ट्रीबाट हटाउन सक्नेछन् । 

हाल भइरहेको आफ्नो व्यक्तिगत विवरण हटाउने प्रकृयालाई नै सहज बनाउन कम्पनीले यो नयाँ अपटेड सहितको फिचर मोबाइल एपमा थप गर्न लागेको हो । कम्पनीले यो टुल सन् २०२० मा सार्वजनिक गरेको थियो । यो फिचर प्रयोग गर्न पहिले साइटको सबैभन्दा अन्तिममा हुने 'हेल्प पेज' मा गएर गुगलको फर्म भर्नुपर्ने हुन्थ्यो । तर अब भने यो काम मोबाइल एपबाट नै गर्न सकिने गरी यसलाई अपडेट गर्न कम्पनीले काम गरिरहेको छ । 

केही प्रयोगकर्ताको मोबाइल एपमा यो फिचर बेटा भर्सनको रुपमा पनि उपलब्ध भइसकेको छ । यो फिचर प्रयोग गर्नको लागि गुगलको मोबाइल एपको सर्च बक्समा गएर आफ्नो व्यक्तिगत विवरण खोज्नुहोस्। यदि आफ्नो विवरण पाएको खण्डमा उपलब्ध परिणामहरुको छेउमा भएको तीनओटा थोप्लामा क्लिक गर्नुपर्छ । 

यसपछि मोबाइलमा 'अबाउट दिस रिजल्ट' भन्ने प्यानल देख्न सकिन्छ । उक्त प्यानलमा 'रिमुभ रिजल्ट' भन्ने अप्सन हुन्छ । सो अप्सनमा क्लिक गरेपछि गुगलले एउटा फर्म पठाउँछ । त्यो फर्म भरेर गुगललाई पठाउन सकिन्छ । यसरी गुगल सर्चमा आफ्नो व्यक्तिगत विवरण हटाउन सकिन्छ । 

यो टुल प्रयोग गरेर आफ्नो सरकारी कागजातमा भएका विवरणहरू, बैंक खाता नम्बर, क्रेडिट कार्डको नम्बर, दस्तखत भएको तस्बिर वा परिचय पत्र भएको तस्बिर लगायतका विवरणहरू गुगल सर्चमा भेटिएमा हटाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज ९, २०७९ १३:१६