close

आउँदो शनिबारदेखि भारतमा फाइभजी सेवा सुरु हुने

टेकपाना टेकपाना

असोज ९, २०७९ ११:२०

आउँदो शनिबारदेखि भारतमा फाइभजी सेवा सुरु हुने

काठमाडौं । भारतले अक्टोबर १ तारिख अर्थात आउँदो शनिबारदेखि फाइभजीको व्यावसायिक सुरुवात गर्ने भएको छ । शनिबारदेखि सुरु हुने ‘इन्डिया मोबाइल कंग्रेस’ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फाइभजीको उद्घाटन गर्ने भएका छन् ।

उक्त कार्यक्रम अक्टोबर १ देखी ४ तारिखसम्म चल्नेछ । जसमा पहिलो दिन फाइभजीको व्यावसायिक सुरुवातको घोषणा हुने जनाइएको छ । अक्टोबर १ मा फाइभजीको व्यावसायीक सुरुवात भएपनि सोही दिनबाटै प्रयोगकर्ताले फाइभजी सेवा प्रयोग गर्न भने पाउने छैनन् ।

भारतीय दूरसञ्चार कम्पनी रिलायन्स जिओ र एयरटेलले आफू फाइभजीका लागि पूर्णरुपमा तयार रहेको जनाएका छन् । तर, यी दुवै कम्पनीले फाइभजीका लागि पूर्ण रुपमा नयाँ नेटवर्क खडा गरेका छन् । त्यो हुँदा प्रयोगकर्ताले फाइभजी प्रयोग गर्न फाइभजी सिमकार्ड नै खरिद गर्नुपर्ने बाध्यता हुनसक्ने देखिएको छ ।

त्यसका लागि ग्राहकले केही समय पर्खिनुपर्ने वाध्यता देखिएको छ । अर्को दूरसञ्चार कम्पनी भोडाफोन आईडियाको हकमा भने फाइभजी सेवा कहिलेबाट सुरु हुनेछ भन्ने विषयमा भने कुनै यकिन जानकारी आएको छैन् । सरकारी लगानीको दूरसञ्चार कम्पनी भारत सञ्चार निगमले आगामी अगस्टमा देशको स्वतन्त्र दिवसलाई लक्षित गरेर फाइभजीको तयारी गरिरहेको उल्लेख गरिएको छ । 

 

पछिल्लो अध्यावधिक: असोज ९, २०७९ ११:५५