close

नेपालमा स्मार्टफोनभन्दा बारफोनको आयात धेरै !

टेकपाना टेकपाना

असोज ९, २०७९ १५:१५

नेपालमा स्मार्टफोनभन्दा बारफोनको आयात धेरै !

काठमाडौं । बजारमा सबैको हातमा स्मार्टफोन देख्दा तपाईँलाई बारफोन अर्थात किप्याड सहितका फोनको युग समाप्त भएको जस्तो लाग्न सक्छ । तर, यथार्थमा भने त्यस्तो छैन । भन्सार विभागले भर्खरै सार्वजनिक गरेको वैदेशिक व्यापारको पछिल्लो तथ्यांङ्कले नेपालमा स्मार्टफोन भन्दा बढी बारफोन भित्रिने गरेको देखाउँछ ।

विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को दुई महिनामा अर्थात साउन र भदौसम्म कूल आठ लाख ९९ हजार ६८० थान मोबाइल नेपाल भित्रिएका छन् । जसमध्ये चार लाख ३८ हजार ९८५ थान स्मार्टफोन छन् । स्मार्टफोन भन्दा बढी आर्थात ४ लाख ६० हजार ६९५ थान भने बारफोन अर्थात किप्याड युक्त फोन आयात भएको छ ।

 

यसको अर्थ नेपालमा अझै पनि बारफोनको दबदबा कायमै रहेको देखिन्छ । यद्यपि आयात सङ्ख्यामा स्मार्टफोनको बजार सानो देखिए पनि आयात रकमको हिसाबले भने स्मार्टफोन निकै अघि रहेको छ । तथ्याङ्क अनुसार दुई महिनामा कूल छ अर्ब १८ करोड ८ लाख रुपैयाँका स्मार्टफोन भित्रिएका छन् । जबकी आयात भएका बारफोनको मूल्य ४६ करोड ८६ लाख रुपैयाँको मात्र छ । 


 

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १६:१९