close

अन्यभन्दा कसरी भिन्न छ हेराल्ड कलेजको कम्प्युटर साइन्स विषयको कोर्ष ?

टेकपाना टेकपाना

असोज ९, २०७९ १९:१५

अन्यभन्दा कसरी भिन्न छ हेराल्ड कलेजको कम्प्युटर साइन्स विषयको कोर्ष ?

काठमाडौं । नेपालमा अन्‍तर्राष्ट्रिय शैक्षिक पाठ्यक्रमहरू विशेष गरेर (बेलायती डिग्रीहरू) को लोकप्रियता दिनानुदिन बढ्दै गएको छ । त्यसमा धेरैको रोजाई सूचना प्रविधि हुने गर्छ । यही सन्दर्भमा हेराल्ड कलेज काठमाडौंले कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ जस्ता सूचना प्रविधिका विषयका कोर्ष सञ्चालन गरिरहेको छ ।

सफ्टवेयर उद्योग संसारको ठूलो बजार हो । सफ्टवेयरको डिजाइन, विकास, सञ्चालन र परीक्षण गर्न धेरै मात्रामा इन्जिनियरहरूको माग भइरहेको हुन्छ । ‌‍‍औद्योगिक रुपमा सफ्टवेयर इन्जिनियरले काम गर्ने क्षेत्रहरूमा वेब, मोबाइल हुँदै अहिले आएर क्लाउडसम्म पुगेको छ ।​ 

इनोभेटिभ बिजनेस अटोमेसनको बढ्दो दायराका कारण सूचना प्रविधि बिग डेटा, डेटा माइनिङ र एआई तथा मसिन लर्निङतर्फ द्रुत गतिमा अघि बढिरहेको छ। सहज र अदृश्य भएपछि प्रविधि उत्तम हुन्छ । त्यसैले प्ररम्परागत कम्प्युटिङको दायरा कम हुँदै जाँदा मानव हस्तक्षेप कमभन्दा कम भएका तथा आफैँले सिक्न सक्ने क्षमता भएका एआई र डेटा उन्मुख कम्प्युटिङको दायरा भने फराकिलो हुदै गएको छ ।

सूचना प्रविधिमा राम्रो भविष्य निर्माण गर्न चाहनेहरूले यो बढ्दो प्रवृत्तिमा आफूलाई अभ्यस्त गराउनु पर्ने हुन्छ । बरु पुरानो हुन लागेका प्रोग्रामिङ मात्र सिकेर बस्‍ने सोचबाट बाहिर आउनु पर्छ । उद्योग क्षेत्रका लागि तम्तयार कम्युटर विज्ञान कोर्ष सूचना प्रविधि क्षेत्रमा भविष्य खोज्नेहरूका लागि अपरिहार्य छ । कम्प्युटिङ प्रविधिको दायरा फराकिलो बन्दै गइरहेको छ । 

आज कुनै पनि व्यवसायहरू कम्प्युटिङ प्रविधिबाट अछुतो रहन सक्दैनन् । आज मसिङ लर्निङ तथा एआईको प्रयोग गरेर सञ्चालन भइरहेका उद्योगहरू हेर्दा भविष्यमा कम्प्युटिङ प्रविधिको माग अझै उच्च हुने देखिन्छ ।

यसरी एआई सफ्टवेयर एप्लिकेसन निर्माण गर्न सक्षम इन्जिनियरहरूले काम र तलब दुवैमा आफ्नो सम्भावना उल्लेखनीय रूपमा वृद्धि गर्न सक्छन् । तर दुर्भाग्यको कुरा, भविष्यमा धेरै अवसरहरु सिर्जना गर्ने यस्ता विषय नेपालमा भने कमै मात्र कलेजले सञ्चालन गरिरहेका छन् । सञ्चालन भएका कलेजहरूमा पनि पुरानै पाठ्यक्रमहरू छन् । जसले गर्दा विद्यार्थीहरू आफैँले स्वअध्ययन गरेर सीप विकास गर्नुपर्ने अवस्था छ ।

आफ्नो बीएससी (अनर्स) कम्प्युटर साइन्सले यो ठूलो खाल्डोलाई पुर्ने हेराल्ड कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश श्रेष्ठको दाबी छ । “कलेजबाट यो विषय उत्तीर्ण गरेपछि  विद्यार्थीले अन्य कुनै पनि तालिम नलिई सोझै पेशागत काम गर्न सक्छन्,”उनी भन्छन्, “यस हिसाबले हेराल्ड कलेजको यो कोर्ष गरेका विद्यार्थीहरू अरुभन्दा अब्बल बन्नेछन् । यसैका लागि हेराल्ड कलेजले ‘इन्ड्रस्ट्री रेडी’ प्रकारको यो कोर्ष सञ्चालन गरेको हो ।”

कलेजले सञ्चालन गरिरहेको बीएससी (अनर्स) कम्प्युटर साइन्स कोर्ष अन्य विषयको तुलनामा नवीनतम पाठ्यक्रममा आधारित छ । हालै मात्र यस विषयको पाठ्यक्रम वोल्भरह्याम्प्टन विश्वविद्यालयले अद्यावधिक गरेको हो । त्यससँगै यो विषयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मसिन लर्निङ, बिग डेटा, र क्लाउड कम्प्युटिङ जस्ता भविष्यका अवधारणा समेत समावेश गरिएका छन् । यो कोर्ष व्यवहारिक, रोजगारमुलक र भविष्यवादी अवधारणाको मिश्रित रूप भएको सीईओ श्रेष्ठले बताए । उनी भन्छन् “त्यसकारण यो कोर्षले विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा एक उज्ज्वल भविष्य बनाउन मद्दत गर्नेछ ।” 


 

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १६:१८