close

रियलमीको चाडबाड अफर, मोबाइल खरिदमा वासिङ मसिनदेखि टिभीसम्मका उपहार

टेकपाना टेकपाना

असोज ९, २०७९

रियलमीको चाडबाड अफर, मोबाइल खरिदमा वासिङ मसिनदेखि टिभीसम्मका उपहार

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी रियलमीले नजिकिँदै गएको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘उत्सवको बहार, हरेक दिन उपहार’ नामक योजना ल्याएको छ । सोमबारदेखि सुरु हुने यो अफरमा ग्राहकले स्मार्टफोन, टिभी, वाशिङ मसिन लगायतका आकर्षक उपहार जित्न सक्ने छन् ।

यो योजना अन्तर्गत असोज १० गते अर्थात सोमबारदेखि कात्तिक १४ सम्म हरेक दिन चार जना, हरेक हप्ता दुई जना र बम्पर उपहारका लागि तीन जना विजेता छनौट हुनेछन् । यस योजनामा सहभागी हुन कम्पनीको वेबसाइट realmecampaigns.com मा गएर आफ्नो नाम, फोन नम्बर, आफूले खरिद गरेको स्मार्टफोनको आईएमईआई नम्बर र मोडेल नम्बर जस्ता विवरणहरू खुलाएर दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ ।

त्यसरी दर्ता भएका मध्येबाट लक्की ड्रमार्फत बिजेता छानिनेछन् । जसमध्ये हरेक हप्ता दुई जनाले रियलमी सी ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने तीन जनाले बम्पर उपहार स्वरूप रियलमी नाइन, वाशिङ मसिन र ६५ इन्चको फोरके टिभी जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

‘रियलमी सँधै नवीनतम प्रविधिहरू ल्याउन अग्रसर छ र यसलाई प्रयोगकर्ताले पनि मन पराउनु भएको छ,’ रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरिले भने, ‘प्रयोगकर्ताको यो माया र साथको लागि हाम्रा उपभोक्ताहरूलाई हृदयदेखि नै धन्यवाद दिँदै दशैंको अवसरमा विषेश उपहारहरू दिने योजनाका साथ यो अफर ल्याएका छौँ ।’

यो अफर असोज १० गतेदेखि कात्तिक १४ सम्म खरिद गरिएका सी सिरिज, नार्जो सिरिज, नम्बर सिरिज, इनोभेटिभ जीटी सिरीज लगायतका सबै रियलमी स्मार्टफोनको हकमा लागू हुने कम्पनीले जनाएको छ ।