close

पब्जी मोबाइल प्रो लिग साउथ एसिया फल: अन्तिम चरणमा पुगे १० नेपाली टिम

टेकपाना टेकपाना

असोज १०, २०७९ १७:१२

पब्जी मोबाइल प्रो लिग साउथ एसिया फल: अन्तिम चरणमा पुगे १० नेपाली टिम

काठमाडौं । पब्जी मोबाइल प्रो लिग साउथ एसिया फलको लिग चरणको सबै खेल सम्पन्न भएको छ । करिब एक महिना अगाडिबाट सुरु भएको यो प्रतियोगिताको लिग चरणको खेल आइतबार सम्पन्न भएको हो ।

योसँगै फाइनल खेल्ने १६ टोलीको पनि टुङ्गो लागेको हो । यसमध्ये १० टोली नेपाली टोली छन् । नेपालबाट ११ टिम सहभागी भएको यो प्रतियोगितामा १० टोलीले फाइनल खेल्ने भएका हुन् । यति हुँदाहुँदै पनि नेपाली टोलीलाई आफ्नो क्षमता देखाउन गाह्रो परिरहेको छ ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको मंगोलियन पब्जी टिम गडलाइक स्टलवार्ट अंक तालिकाको पहिलो स्थानमा छ । लिग चरणको सबै खेल सकिँदा यो टिमले ६३ गेममा १० चिकेन डिनर र ३२० इलिमिनेसन सहित कुल ६५५ पोइन्ट बटुलेको छ ।

त्यस्तै नेपाली पब्जी टिम डीआरएस गेमिङ अङ्क तालिकाको दोस्रो स्थानमा छ । डीआरएस गेमिङले ६३ गेममा ६ चिकेन डिनर र २९४ इलिमिनेसनसहित कुल ६३८ पोइन्ट ल्याएको छ । तेस्रो स्थानमा नेपाली पब्जी टिम डेडआइज गाइजले सम्हाली रहेको मंगोलियन पब्जी टिम डेडआइज वारियर्स रहेको छ, जसको ६३ गेममा ८ चिकेन र ३२७ इलिमिनेसन सहित कुल ५८५ पोइन्ट रहेको छ ।

जब कि डेडआइज गाइज आफैँ भने अंकतालिकाको छैठौं स्थानमा छ । यसैगरी नेपाली पब्जी टिम स्काइलाइट गेमिङ पाँचौ र हाइ भोल्टेज सातौँ स्थानमा छ । अन्य नेपाली टिमहरू रअ अफिसियलस, इलिमेन्ट्रिक्स, ट्रेन टु किल,विजेज क्लब, ज्यानमारा ई-स्पोर्ट्स र भेनम लेजेन्ड क्रमशः आठौँ, नवौँ, १०औँ, १२औँ, १५औँ र १६औं स्थान रहेका छन् ।

त्यस्तै अर्को नेपाली टिम द एट्रयाक्स ई-स्पोर्ट्स भने १७औँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको फाइनल सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म चल्नेछ ।

यो प्रतियोगिताको कुल पुरस्कार राशि एक लाख ५० हजार डलर तोकिएको छ, जसमध्ये विजेताले १० हजार डलर, उप-विजेताले ६,५०० डलर र तेस्रो हुन सफल टिमले ४,५०० डलर हात पार्नेछन् । साथै प्रतियोगितामा शीर्ष १० भित्र रहन सफल टिमले पीएमपीएल साउथ एसिया च्याम्पियनसिप फल २०२२ मा पनि सहभागी हुने मौका पाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १८:३