close

कोमाकी ब्रान्डको' भेनिस अल्ट्रा' विद्युतीय स्कुटर नेपालमा , सिङ्गल चार्ज ३०० किमिसम्म गुड्ने

टेकपाना टेकपाना

असोज ११, २०७९ ९:५६

कोमाकी ब्रान्डको' भेनिस अल्ट्रा' विद्युतीय स्कुटर नेपालमा , सिङ्गल चार्ज ३०० किमिसम्म गुड्ने

काठमाडौं । नेपाली बजारमा कोमाकी ब्रान्डको 'भेनिस अल्ट्रा' विद्युतीय स्कुटर भित्रिएको छ । नेपालका लागि कोमाकीको आधिकारिक बिक्रेता युनिटी ट्रेडिङले यो स्कुटर नेपाल भित्र्याएको हो । केही साता अघिबाट ३०० किलोमिटर रेन्ज दिने भेनिस अल्ट्राको बुकिङ तथा बिक्री सुरु भइसकेको युनिटी ट्रेडिङका सेल्स हेड उमेश अधिकारीले जानकारी दिए ।

कम्पनीले सार्वजनिक गरेको भेनिस अल्ट्रामा ३ किलोवाट रेटेड र ४ हजार ९०० पिक पावर भएको मोटर रहेको छ । यसमा ७२ भोल्ट ६६ एम्पियर आवरको लिथियम आयन ब्याट्री प्याक दिइएको छ । यो स्कुटरमा रहेको ब्याट्री एक पटक फुलचार्ज गर्दा इकोनोमी मोडमा ३०० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।

स्पीड बढाउँदै जाँदा रेन्जमा कमी हुने अधिकारी बताउँछन् ।  यसलाई एक पटक फुलचार्ज गर्न ६ घन्टा समय लाग्ने कम्पनीले जनाएको छ । यो स्कुटरमा सेल्फ डायग्नोस इन्स्ट्रुमेन्ट, डबल डिस्क ब्रेक, सीबीएस ब्रेकिङ सिस्टम, क्रुज कन्ट्रोल, टर्बो सहित तीन राइडिङ मोड, यूएसबी पोर्ट, रिभर्स एसिष्ट, रिमोट लक, टेलिस्कोपिक सस्पेन्सन, क्रुजर कन्ट्रोल, ब्लुटुथ स्पीकर जस्ता फिचर उपलब्ध छन् ।

कम्पनीले यसमा तीन वर्षको ब्याट्री रिप्लेसमेन्ट वारेन्टी दिएको छ । त्यस्तै कन्ट्रोलर, मोटर र ब्याट्रीमा एक वर्षको वारेन्टी रहेको अधिकारीले जानकारी दिए ।

युनिटी ट्रेडिङले चार लाख ४४ हजार रुपैयाँ तोकेर बुकिङ तथा बिक्री गर्न सुरु गरेको छ । यसमा कम्पनीले फेस्टिभ स्कीममा २५ हजार रुपैयाँ छुट समावेश छ । फेस्टिभ स्कीममा यो स्कुटर खरिद गर्ने ग्राहकले ४ लाख १९ हजार रुपैयाँमा कोमाकी भेनिस अल्ट्रा लिन सक्नेछन् ।

हाल यो स्कुटर युनिटी ट्रेडिङको शेरुममा आइसकेकाले उपभोक्ताले सोझै २५ हजार छुटमा खरिद गरेर लग्न सक्ने अधिकारीको भनाइ छ । नजिकिँदै गरेको दशैँको अवसरमा खरिद गर्ने उपभोक्तालाई विभिन्न लक्की ड्रको व्यवस्था रहेको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज ११, २०७९ १०:२