close

यस्ता छन् एन्ड्रोइड १३ का आकर्षक नयाँ फिचरहरू

टेकपाना टेकपाना

असोज ११, २०७९ १०:४१

यस्ता छन् एन्ड्रोइड १३ का आकर्षक नयाँ फिचरहरू

काठमाडौं । एन्ड्रोइड १३ विश्वभर विभिन्न डिभाइसमा उपलब्ध भइरहेको छ । यसमा भएका नोटिफिकेसन, फोटो पिकर लगायतका आकर्षक फिचरले प्रयोगकर्तालाई उत्साहित बनाएको छ । यो फिचर पिक्सेल फोनमा भने नयाँ फोन खरिद गर्दा नै उपलब्ध हुन्छ । अन्य एन्ड्रोइड फोन निर्माताले भने यो फिचरका लागि धेरै तयारी गरेका छन् ।

यदि तपाईँको फोनले एन्ड्रोइड १३ सपोर्ट गर्छ भने बेटा भर्सन डाउनलोड गरेर यसमा भएका फिचरहरू प्रयोग गर्न सक्नुहुन्छ ।

हरेक एप अनुसार फरक फरक भाषा

बहुभाषामा ज्ञान भएका प्रयोगकर्ताले एन्ड्रोइडको यो फिचर प्रयोग गरेर हरेक एपमा आफूलाई अनुकुल लागेको भाषा प्रयोग गर्न सक्छन् । यो फिचर एप्पलले दुई वर्ष अघि नै ल्याइसकेको थियो । एन्ड्रोइडमा पनि यो फिचर उपलब्ध भएसँगै डेभलपरहरूले पनि विभिन्न भाषाको विकल्प उपलब्ध गराएका छन् ।

नोटिफिकेसन

​गुगलले एन्ड्रोइड १३ मा एपलाई कुन कुन विषयमा पर्मिसन दिने भन्ने कुरामा निकै सुधार गरेको छ । कुनै  एप इन्स्टल गरिसकेपछि त्यसले कन्ट्याक, म्यासेज, लोकेशन लगायतका विषयको पर्मिसन माग्ने गर्छ । साथै नोटिफिकेशन समेत स्वतः आफै आउने हुन्छ । तर, एन्ड्रोइड १३ मा भने कुनै पनि एप इन्स्टल गर्दा उक्त एपलाई  नोटिफिकेसनको पर्मिसन दिन नदिने आफैले निर्धारण गर्न सकिने भएको छ ।

यसका साथै भिडिओ फाइल,अडियो फाइलमा पहुँच दिन नदिने भन्ने कुराको पनि आफैले निर्धारण गर्न सकिने भएको छ । एन्ड्रोइड १३ मा त्यस्तो नयाँ पर्मिसनको मोडेल थपिएको छ । जसले एपलाई नजिकैका वाई-फाई डिभाइसहरू सर्च गर्ने अनुमति दिन्छ । यसको अर्थ उक्त एपले वाई-फाई डिभाइस पत्ता लगाउन लोकेसनको एक्सेस लिइरहन पर्दैन ।

डायनामिक थिम तथा एन्ड्रोइड १३ सपोर्ट

एन्ड्रोइड १२ मा डायनामिक एप आइकनका लागि सपोर्ट गर्ने थिम उपलब्ध थियो । तर, यो गुगल र कम्पनीका एपमा मात्र सीमित छ । एन्ड्रोइड १३ मा भने हरेक एपले थिम प्रयोग गर्न सक्ने जनाइएको छ । जसले गर्दा होम स्क्रिनमा एपहरू सजिलैसँग मिलाएर राख्न सकिन्छ । साथै थिम आइकनलाई विस्तार गरेसँगै कम्पनीले वालपेपर कलर पिकर अप्सन समावेश गरेको छ । यसमा तपाईँले आफ्नो होमस्क्रिनमा राखेको वालपेपरमा आफूलाई उपयुक्त लागेको कलर छान्न सक्नुहुन्छ ।

एन्ड्रोइडमा फोटो तथा टेक्स्ट कपी गर्न झनै सहज

एन्ड्रोइड १३ ले टेक्स्ट तथा इमेजहरू कपी गर्न थप सहज बनाएको छ । एन्ड्रोइड १३ मा टेक्स्ट वा फोटो कपी गर्दा स्क्रिनको तल पप-अप विन्डोज खुल्छ । यसले गर्दा तपाईँले फोटो वा टेक्स्ट शेयर गर्नुअघि एडिट गर्न सकिन्छ ।

फोटो पिकर

​फोटो पिकर फिचर आईओएस सिस्टममा पहिले नै आइसकेको फिचर हो । जो अहिले एन्ड्रोइड १३ मा ल्याइएको छ । यसले थर्ड पार्टी एपमा आफ्नो डेटा नियन्त्रण गर्न सघाउँछ । तपाईँले कुनै पनि थर्ड पार्टी एपमा फोटो शेयर गर्नुभयो भने उक्त एपले तपाईँले छानेको फोटोमा मात्र पहुँच पाउँछ । यसका लागि तपाईँले केही काम गर्नु पर्दैन । यसलाई डेभलपरले आफ्नो एपमा इनेबल गरे पुग्छ ।

ड्याशबोर्ड

एन्ड्रोइड १२ ले प्राइभेसी ड्याशबोर्ड सार्वजनिक गरेको थियो । जसका माध्यमबाट कुनै पनि एपलाई २४ घण्टासम्म फोनमा एक्सेस दिन सकिन्थ्यो । एन्ड्रोइड १३ मा यस फिचरलाई विशेष रूपमा सुधार गरिएको छ । अपडेट गरिएको नयाँ प्राइभेसी ड्याशबोर्डले कुनै पिन एपको पछिल्लो सात दिनका विवरण दिन्छ । साथै कुनै पनि एपले तपाईँको व्यक्तिगत डेटालाई प्रयोग गरेको छ भन्ने कुराको जानकारी दिन्छ । यो फिचरलाई प्राइभेसी सुधारका लागि ठूलो कदम मानिएको छ ।

परिमार्जित मिडिया प्लेयर

एन्ड्रोइड १३ मा थिम परिमार्जित गरेसँगै मिडिया प्लेयरलाई पनि अपडेट गरिएको छ । एन्ड्रोइड १३ मा मिडिया प्लेयरका लागि थप फिचरहरू समावेश गरिएका छन् । म्युजिक रिपिट र सफल ९क्जगााभि० का नयाँ नयाँ अप्सन थपिएको छ ।

 

पछिल्लो अध्यावधिक: असोज ११, २०७९ १०:४५