close

एन्ड्रोइड फोनमा यसरी प्रयोग गर्नुहोस् 'कार क्र्याश डिटेक्सन' फिचर

टेकपाना टेकपाना

असोज ११, २०७९ १७:११

एन्ड्रोइड फोनमा यसरी प्रयोग गर्नुहोस् 'कार क्र्याश डिटेक्सन' फिचर

काठमाडौं । एप्पलले आफ्ना पछिल्ला स्मार्टवाच तथा आईफोनमा कार क्रयाश डिटेक्सन फिचर ल्याएको छ । तर, एन्ड्रोइडमा भने यो फिचर पहिले नै आइसकेको छ । एन्ड्रोइडमा पनि गुगल पिक्सेल फोनले मात्र यो फिचर उपलब्ध गराउँदै आएको छ ।

गुगल पिक्सेलले लोकेसन, मोसन सेन्सर र एम्बियन्ट अडियो प्रयोग गरेर दुर्घटनामा परे/नपरेको पहिचान गर्छ । यदि दुर्घटना भएको पुष्टि भएमा फोनमा अलार्म बज्छ । त्यस्तै आवश्यक परेको खण्डमा इमर्जेन्सी नम्बर ९११ मा कल गर्छ ।

गुगल पिक्सेल फोन प्रयाेगकर्ताले तल उल्लेख गरिएको प्रक्रिया अपनाएर उक्त फिचर इनेबल गर्न सक्नुहुन्छ ।

गुगल पिक्सेलमा यसरी इनेबल गर्नुहोस् कार क्रयाश डिटेक्सन

  •  सबैभन्दा पहिले सेटिङमा जानुहोस् ।

  • त्यसपछि सेफ्टी एन्ड इमरजेन्सी (Safety and Emergency) मा जानुहोस् ।

  • त्यसपछि पर्सनल सेफ्टी (Personal Safety) को अप्सन छान्नुहोस् ।

  • त्यसपछि सेफ्टी सेटिङको अप्सनमा रहेको कार क्र्याश डिटेक्ससको अप्सनमा ट्याप गर्नुहोस् ।

  • त्यसपछि उक्त अप्सनलाई अन गर्नुहोस् । त्यसमा अडिओ रेकर्डको पर्मिसन मागेको हुन्छ । पर्मिसन दिएपछि उक्त फिचर इनेबल हुन्छ ।

यदि तपाईँ दुर्घटनामा पर्नुभयो भने तल देखाइएको जस्तो देखिन्छ । दुर्घटना भएको समयमा पिक्सेल फोन अलार्मसहित भाइब्रेट हुन्छ । त्यसपछि असिस्टेन्स तपाईँसँग कुरा गर्न खोज्छ । यदि तपाईँ ९१११ वा इमरजेन्सी नम्बरमा कल गर्न चाहनुहुन्छ भने इमरजेन्सी भन्नुपर्ने हुन्छ । यदि सबै कुरा ठीक छ भने तपाईँले क्यान्सिल भन्नुपर्ने हुन्छ ।

यदि तपाईँले क्यान्सिल भन्नुभयो वा स्क्रिनमा भएको आई एम ओके (I am Ok) मा ट्याप गर्नुभयो भने तपाईँले क्रयाश भएको होइन वा साधारण दुर्घटना भएको हो वा इमर्जेन्सी कुन हो त्यो अप्सन छान्नुपर्ने हुन्छ ।

यदि तपाईँलाई इमरजेन्सी नम्बरमा कल गर्नुपर्ने भयो भने तपाईँले स्क्रिनमा तपाईँ भएको लोकेसन देख्न सक्नुहुन्छ, जसले गर्दा उद्धारकर्ताले तपाईँ कहाँ हुनुहुन्छ भन्ने कुराको जानकारी पाउन सक्छन् ।

 

पछिल्लो अध्यावधिक: असोज ११, २०७९ १७:११