close

एनएमबी बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा २ हजारसम्म क्याशब्याक पाइने

टेकपाना टेकपाना

असोज ११, २०७९ २०:२३

एनएमबी बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा २ हजारसम्म क्याशब्याक पाइने

काठमाडौं । एनएमबी बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै कार्ड र मोबाइल बैंकिङमा छुट र क्याशब्याक सुविधा दिने भएको छ । बैंकले बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरी २० प्रतिशतसम्म छूट सुविधा ल्याएको हो । 

एनएमबी बैंकले १० असोजदेखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ, जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म पैसा बचत गर्न सक्ने बताइएको छ । 

एनएमबी बैंकका ग्राहकले डेबिट कार्डबाट ई-कमर्श तथा पोस मसिनमा कारोबार गर्दा १० प्रतिशत (३०० रुपैयाँँसम्म) क्याशब्याक पाउन सक्नेछन् । त्यस्तै बैंकको क्रेडिट कार्डबाट ई–कमर्स तथा पोस मसिनमा कारोबार गर्दा २० प्रतिशत (५०० रुपैयाँसम्म) को क्याशब्याक पाउने उल्लेख छ । 

एनएमबी बैंकका ग्राहकले ईएनएमबी मोबाइल बैंकिङ  एपबाट नेपाल टेलिकम र एनसेलमा टपअप गर्दा तत्काल तीन प्रतिशत क्याशब्याक पाउनेछन् । यसका साथै ईएनएमबी एपबाट क्यूआर भुक्तानी गर्दा १० प्रतिशत (२०० रुपैयाँसम्म) को क्याशब्याक उपलब्ध गराइएको छ । 

बैंकले विभिन्न इकमर्स तथा स्टोरहरूमा  डेबिट तथा क्रेडिट कार्ड र ईएनएमबी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा क्याशब्याक तथा छुट सुविधा दिनेछ । जसमा  इभो स्टोरबाट ३,००० रुपैयाँभन्दा बढीको सामान खरिदको भुक्तानीमा  १,५०० रुपैयाँ क्याशब्याक पाउन सकिनेछ । 

त्यस्तै सीजीबाट ३,००० भन्दा बढीको खरिदमा २० प्रतिशत (१,५०० रुपैयाँ) को क्याशब्याक उपलब्ध छ । आईएमएस स्मार्टबाट २,५००० रुपैयाँभन्दा बढीको खरिदमा १,००० रुपैयाँको क्याशब्याक र हिम इलेक्ट्रोनिक्सबाट २,५००० रुपैयाँभन्दा बढीको खरिदमा १,००० रुपैयाँको क्याशब्याक अफर छ । 

यति मात्र नभएर योयोसोबाट सामान खरिद गर्दा १५ प्रतिशत (५०० रुपैयाँ) क्याशब्याक पाउन सकिनेछ ।  त्यस्तै ग्यापु (अनलाइन) बाट सामान अर्डर गर्दा १० प्रतिशत (१,००० रुपैयाँ) क्याशब्याक रहेको छ भने सस्तोडिल (अनलाइन) बाटको शपिङमा २० प्रतिशत (२,००० रुपैयाँ) क्याशब्याक प्राप्त गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज ११, २०७९ २०:३३