close

ईसेवाको सीईओ पदमा जगदिश खड्का नियुक्त

टेकपाना टेकपाना

असोज १२, २०७९ १५:१५

ईसेवाको सीईओ पदमा जगदिश खड्का नियुक्त

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त भएका छन् । चाटर्ड अकाउन्टेन्ट खड्कासँग व्यवसाय सञ्चालन व्यवस्थापन, आर्थिक योजना तथा व्यवस्थापन साथै भेन्चर्स बिल्डिङ्गको क्षेत्रमा १२ वर्षभन्दा धेरै समयको अनुभव रहेको ईसेवाले जनाएको छ ।

यसअघि उनी एफवान सफ्ट ग्रुप अन्तर्गतको फोनपे पेमेन्ट सर्भिसमा निर्देशकको रुपमा कार्यरत थिए । ईसेवामा प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो कार्यभार सम्हाल्दै खड्काले कम्पनीको सेवालाई अझ विस्तार गरी आममानिसको दैनिक जनजीवन सहज बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

ईसेवा सञ्चालक समितिले यसअघि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा कार्यरत सुवास सापकोटालाई बिदाइ गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज १२, २०७९ १५:१८