close

सञ्चारकर्मी भूषण दाहालको इन्स्टाग्राम अकाउन्ट ह्याक गरी बिटक्वाइनको प्रचार

टेकपाना टेकपाना

असोज १२, २०७९

सञ्चारकर्मी भूषण दाहालको इन्स्टाग्राम अकाउन्ट ह्याक गरी बिटक्वाइनको प्रचार

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी भूषण दाहालको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ । बुधबार एक ट्वीट गर्दै उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्ट ह्याक भएको जानकारी दिए ।

साढे १२ हजारभन्दा बढी फलोअर भएको यो अकाउन्ट ह्याकरले कब्जामा लिई बिटक्वाइन प्रचार गरेका छन् ।

दाहालले यस्तो पोस्टलाई बेवास्ता गर्न आग्रह गरेका छन् ।