close

प्ले स्टोरमा नयाँ अपडेट, अब स्मार्टफोनबाटै अन्य डिभाइसका लागि एप डाउनलोड गर्न सकिने

टेकपाना टेकपाना

असोज १२, २०७९ १६:८

प्ले स्टोरमा नयाँ अपडेट, अब स्मार्टफोनबाटै अन्य डिभाइसका लागि एप डाउनलोड गर्न सकिने

काठमाडौं । गुगल आफ्नो एन्ड्रोइड इकोसिस्टमलाई विस्तार गर्न विभिन्न सेवा परिमार्जित गरिरहेको हुन्छ । अहिले भने कम्पनीले एन्ड्रोइड फोनबाट अन्य डिभाइसमा एप इन्स्टल गर्न सहज बनाउनका लागि प्ले स्टोर अपडेट गरेको छ ।

याेसँगै एन्ड्रोइड फोनबाट नै विभिन्न एन्ड्रोइड डिभाइस जस्तै; एन्ड्रोइड स्मार्टवाच, एन्ड्रोइड टिभी आदिमा एप इन्स्टल तथा व्यवस्थापन गर्न सहज हुने गुगलको भनाइ छ ।

गुगल प्ले स्टोरमा तीन ओटा नयाँ अपडेट थपिएका छन्, जसले गर्दा एन्ड्रोइड फोनबाट अन्य डिभाइसमा एप एक्सप्लोर तथा सर्च गर्न सकिन्छ ।

नयाँ अपडेटमार्फत अन्य एन्ड्रोइड डिभाइसका एपमा एन्ड्रोइड फोनबाट नै एक्सेस पाउन सकिने गुगलले जनाएको छ । त्यस्तै यसका माध्यमबाट गुगल अकाउन्ट कनेक्ट भएका विभिन्न डिभाइसमा एन्ड्रोइड फोनबाट नै एप डाउनलोड गर्न सकिन्छ ।

 

हाल यसलाई सुधार गर्न गुगलले विभिन्न परीक्षण गरिरहेकाले एन्ड्रोइड डिभाइसमा यो फिचर आउन केही समय लाग्नसक्ने बताइएको छ ।

तपाईँले प्ले स्टोर अपडेट भएपछि त्यहाँ 'अदर डिभाइस' ट्याब समावेश भएको देख्न सकिनेछ, जसबाट कुन डिभाइस एप कस्तो देखिन्छ भन्ने कुरा हेर्न सकिन्छ ।

उदाहरणका लागि कुनै पनि एप टिभी, स्मार्ट वाच वा कारमा कस्तो देखिन्छ भन्ने कुरा प्ले स्टोरबाट हेर्न सकिनेछ । साथै एपबाट सोही एपबाट मोबाइलमा कनेक्ट भएका डिभाइसमा स्मार्टफोनबाटै एप डाउनलोड गर्न सकिनेछ ।

 

 

 

पछिल्लो अध्यावधिक: असोज १२, २०७९ १६:८