close

फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड शपिङ गर्न सकिने

टेकपाना टेकपाना

असोज १२, २०७९ २२:५७

फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड शपिङ गर्न सकिने

काठमाडौं । फोनपेको क्यूआर मार्फत भाटभटेनी सुपरमार्केटमा भुक्तानी गर्दा अनलिमिटेड शपिङ गर्न सकिने भएको छ । फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड शपिङ गर्न सकिने योजना सञ्चालन गरिएको हो ।

यस योजना अन्तर्गत फोनपे मार्फत क्यूआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड शपिङ गर्न सक्नेछन् । साथै ३५ दिनमा २० हजार जनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न सक्नेछन् । यो भौचर फोनपे अफर एपमा आउनेछ र विजेता हरेक दिन भाटभटेनीको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण मार्फत सार्वजनिक गरिनेछ ।

साथै आममानिसलाई शपिङ गर्न सहज होस् भन्ने उद्धेश्यले फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेलाई निःशुल्क भाटभटेनीको झोला प्राप्त हुनेछ । यो योजना कार्तिक १३ गतेसम्म सञ्चालन हुनेछ ।

यसैगरी फोनपेले दशैँको अवसरमै ‘चाडबाडमा जीवन सहज बनाऔं, नगद छोडौँ फोनपे गरौँ’ योजना समेत सञ्चालन गरेको छ । यस अन्तर्गत हरेक दिन फोनपेमार्फत क्यूआर गर्ने, फोनपे डाइरेक्टमार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एक जना ग्राहकले दैनिक नगद रु. एक लाख जित्न सकिनेछ ।

यो योजना ग्राहकहरुका लागि असोज १३ गतेसम्म लागू हुनेछ ।

यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसङको आकर्षक मोबाईल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना कार्तिक १२ गते ४० दिन सम्मका लागि लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज १२, २०७९ २२:५९