close

अनरको नयाँ सस्तो स्मार्टफोन एक्स सिक्स नेपाली बजारमा, यस्तो छ मूल्य, फिचर अनि अफर

टेकपाना टेकपाना

असोज १३, २०७९ १८:३९

अनरको नयाँ सस्तो स्मार्टफोन एक्स सिक्स नेपाली बजारमा, यस्तो छ मूल्य, फिचर अनि अफर

काठमाडौं । चिनियाँ कम्पनी अनरको नयाँ स्मार्टफोन अनर एक्स सिक्स सिरिज नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि कम्पनीको आधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले बुधबार यो नयाँ फोन बजारमा ल्याएको हो । 

अनर एक्स सिरिजका एक्स सेभेन, एक्स एट र एक्स नाइन र अनर फिफ्टी लाइट यस अघि देखि नै बजारमा छन् । जसमा पछिल्लो समय अनर एक्स सिक्स पनि थपिएको हो । 

विभिन्न स्मार्ट फिचर भएको अनर एक्स सिक्सलाई किफायती मूल्यमा उत्कृष्ट स्मार्टफोनको रूपमा प्रस्तुत गरिएको कम्पनीको दाबी छ । साथै यसका लागि सेलट्रोन नेपालले स्किम थ्री बन्डलिङ अफर समेत ल्याएको छ । जसमा ग्राहकले तीन मध्ये एउटा अफर छनोट गरी सस्तो मूल्यमा कम्पनीका उत्पादनहरू खरिद गर्न सक्नेछन् । 

 

पहिलो बन्डलिङ अफरको रूपमा २३ हजार ९८० रुपैयाँ मूल्य रहेको अनर एक्स सिक्स र अनर इयरबड एक्स थ्री लाइट कम्बोमा केवल २० हजार ९९० रुपैयाँमै खरिद गर्न सकिनेछ ।  त्यसैगरी दोस्रो बन्डलिङ अफरमा २४ हजार ९८० मूल्य पर्ने अनर एक्स सिक्स र अनर ब्यान्ड सिक्सको कम्बो २१ हजार ४९० रुपैयाँमै पाउन सकिनेछ । 

यसैगरी तेस्रो बन्डलिङ अफर अन्तर्गत ३० हजार ४७० रुपैयाँ पर्ने अनर एक्स सिक्स, अनर ब्यान्ड सिक्स र अनर इयरबड एक्स थ्री लाइटको कम्बो मात्र २३ हजार ४९० रुपैयाँमा उपलब्ध हुनेछ । 

यस्ता छन् फिचर

अनर एक्स सिक्समा पाँच हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसले एक पटकको चार्जमा घण्टासम्म अनलाइन भिडियो स्ट्रिमिङ, १८ घण्टा सामाजिक सञ्जाल ब्राउजिङ वा ३१ घण्टा म्युजिक प्ले ब्याक दिने बताइएको छ । 

फोनको प्रयोगलाई सजिलो र सुरक्षित बनाउन अनर एक्स सिक्समा साइड माउन्टेड फिङ्गरप्रिन्टको सुविधा छ । फोन टेबलमा फ्ल्याट राखिएको भए पनि प्रयोगकर्तालाई प्रयोग गर्न यो सजिलो हुने बताइएको छ। जसलाई सुरक्षित र प्रभावकारी मानिन्छ ।

५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको यो फोनमा दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा र दुई मेगापिक्सेलकै डेप्थ सेन्सर रहेको छ । यो फोन टाइटानियम सिल्भर र मिडनाइट ब्ल्याक गरी दुई कलर भेरियन्टमा आएको छ । 

अनर एक् सिक्समा ६.५ इन्चको फुल भ्यू डिस्प्ले दिइएको छ । अनर सिक्स एक्सको मूल्य १८ हजार ४९० रुपैयाँ राखिएको छ । 

पछिल्लो अध्यावधिक: असोज १३, २०७९ १८:३९