close

थाहा पाइराख्नुहोस् मोबाइलको चार्जरमा हुने सङ्केत र तिनको अर्थ

टेकपाना टेकपाना

असोज १३, २०७९ २०:५२

थाहा पाइराख्नुहोस् मोबाइलको चार्जरमा हुने सङ्केत र तिनको अर्थ

काठमाडौं । तपाईँ हामीले खरिद गरेका विभिन्न सामग्रीमा अनेकन सङ्केत दिइएका हुन्छन् । विशेषगरी विद्युतीय उपकरणमा त्यस्ता सङ्केत बढी मात्रामा देख्न पाइन्छ ।

यदि तपाईँले आफ्नो चार्जरलाई फर्काएर हेर्नुभयो भने त्यहाँ पनि विभिन्न सङ्केत पाउन सक्नु हुन्छ । विद्युतीय उपकरणमा हुने त्यस्ता सङ्केतलाई तपाईँ हामीले खासै वास्ता गरेका हुँदैनौँ ।

वास्तवमा त्यस्ता सङ्केतले नै उक्त विद्युतीय उपकरणका बारेमा धेरै कुराको जानकारी दिएको हुन्छ । जसमा उक्त विद्युतीय सामग्रीको सुरक्षा कसरी गर्न सकिन्छ भन्ने कुराको समेत जानकारी समावेश हुन्छ ।

आज हामी तपाईँलाई दैनिक रूपमा प्रयोग हुने मोबाइल चार्जरमा रहेका विभिन्न सङ्केत र तिनले दिने अर्थको बारेमा बताउँदै छौँ । जसको आधारमा तपाँईँलाई आवश्यक सावधानी अपनाउन सक्नुहुनेछ ।

सीई (CE)

यदि चार्जरमा अङ्ग्रेजी अक्षरमा सीई (CE) लेखिएको छ भने त्यसको पूरा रूप 'कन्फरमाइट युरोपिन' हुन्छ । उक्त वाक्यांशको अर्थ हुन्छ, युरोपेली अनुरूप ।

यो लोगो समावेश भएका उत्पादन युरोपेली सङ्गठनमा आवद्ध हुने करिब ३० देशमा बिक्री हुन्छ । यसबाट उक्त उत्पादनले युरोपेली सङ्गठनबाट सुरक्षा, स्वास्थ्य जस्ता मापदण्ड प्रमाणिकरण प्राप्त गरेको छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । यो चिन्ह हुने उत्पादन आधिकारिक एवम् सुरक्षित हुन्छन् ।

१००-२४० भी ५०-६० हर्ज (100-240V—50-60 Hz)

थुप्रै मानिसहरूले आफ्नो स्मार्टफोनको चार्जर देशविदेश जाँदा साथमा लगिरहेका हुन्छन् । चार्जमा हुने माथिको सङ्केतले चार्जर २४० भोल्ट प्लगमा प्रयोग गर्न सकिने कुरा दर्शाएको हुन्छ ।

त्यसैले आफूले चार्जर लगाउने प्लगमा कति भोल्टेज छ भन्ने कुरामा यकिन गरेर सावधानी अपनाउनु पर्ने हुन्छ ।

डस्टबिनमा क्रस चिन्ह

डस्टबिनमा क्रस चिन्ह हुनुको अर्थ उक्त एडप्टरलाई फोहोर फाल्ने ठाउँमा फ्याँक्नु हुँदैन । उक्त एडप्टरलाई रिसाइकल गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ । 

चार्जरमा घरको चिन्ह

यदि चार्जरमा घरको चिन्ह छ भने त्यसको अर्थ उक्त चार्जर घरमा मात्र प्रयोग गर्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । हाई भोल्टेज भएका ठाउँमा उक्त चार्जर प्रयोग गर्दा चार्जर वा डिभाइस हाई भोल्टेजका कारण बिग्रिन सक्छ । सामान्यतयाः घरमा उपलब्ध हुने स्तरको भोल्टेज हुने ठाउँमा फोन चार्जर प्रयोग गर्दा कुनै किसिमको जोखिम हुँदैन ।

चार्जरमा हुने भी (V) चिन्ह

यदि तपाईँको चार्जरमा अङ्ग्रेजी वर्णमालाको भी (V) अक्षर लेखिएको छ भने उक्त अक्षरले चार्जरको ऊर्जा आपूर्तिको स्तर दर्शाएको हुन्छ । रोमनमा उक्त अक्षरको अर्थ अङ्क पाँच हुन्छ । यसको अर्थ उक्त चार्जर सबै स्मार्टफोनका लागि उपयुक्त हुन्छ ।

वर्गाकार बक्सभित्र अर्को वर्गाकार बक्स

यदि तपाईँको चार्जरमा वर्गाकार बक्सभित्र अर्को वर्गाकार बक्सको चिन्ह छ भने त्यहाँ प्रयोग भएका सबै तार डबल इन्सुलेटेड हुन्छन् । यसको अर्थ ती तारलाई छुँदा तपाईँलाई करेन्ट लाग्दैन ।

बक्सभित्र एट (8) को संकेत

बक्सभित्र अङ्ग्रेजी अङ्कको आठको जस्तो संकेत रहेको छ भने उक्त चार्जरले आवश्यक सम्पूर्ण परीक्षणमा सफलतापूर्वक पार गरेको भन्ने बुझिन्छ । यो सङ्केत विशेषगरी आधिकारिक चार्जरमा मात्र हुने गर्छ । यस्तो चिन्ह नभएको चार्जर प्रयोग गर्नुमा केही जोखिम हुन सक्छ ।

 

 

पछिल्लो अध्यावधिक: असोज १३, २०७९ २१:१०