close

साझा यातायातको थप ३७ बिजुली बस नेपाल भित्रिदैँ

टेकपाना टेकपाना

असोज १४, २०७९ १३:०

साझा यातायातको थप ३७ बिजुली बस नेपाल भित्रिदैँ

काठमाडौं । साझा यातायातको बाँकी रहेको ३७ वटा बिजुली बस पनि छिट्टै नेपाल आइपुग्ने भएको छ । ट्वीटरमा एक भिडिओ सार्वजनिक गर्दै बाँकी रहेको ३७ ओटा बिजुली बस नेपाल आउनको लागि चीनबाट हिडीँसकेको कम्पनीले जनाएको छ । कम्पनीले चीनको नान्जिङ स्थित कारखानामा निर्माणको लागि दिएको अर्डर मध्ये तीन ओटा बिजुली बस बैशाखमा नै काठमाडौं आइपुगेको थियो । 
हाल यो बस काठमाडौं भित्रका विभिन्न रुटमा सञ्चालनमा छन् । बाँकी ३७ ओटा बिजुली बस पनि कोदारी हुँदै नान्जिङदेखि काठमाडौं आइपुग्ने कम्पनीको भनाई छ । यी बसहरूको सञ्चालन व्यवस्थापनको विषयमा भने अहिले नै केही जानकारी आईसकेको छैन । 
साझा यातायातले गत असोज २२ गते चीनको सीएचटिसी किनविङ (नान्जिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । २६ सिट क्षमता भएका बस अपाङ्गमैत्री छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिई २०० किलोमिटर गुड्न सक्ने भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १४, २०७९ १३:५